हाँसको मूल्यवृद्धि, व्यापारमा ह्रास


काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण यसपटक दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ ।

विभिन्न जिल्लाबाट काठमाडौंमा हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् ।

विगतमा भन्दा मूल्य पनि बढेको र संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए ।

काठमाडौंको सुन्धारामा हाँस बिक्रीका लागि आएका वीरगन्जका बुखल साहले यसपटक हाँसको व्यापार कम भएको बताए ।

यस वर्ष हाँसको मूल्य पनि बढेको छ । गत वर्ष एउटा हाँसको मूल्य ८०० देखि एक हजार रुपैयाँसम्म रहेकोमा यस वर्ष एक हजार ३०० रुपैयाँभन्दा माथि छ ।

त्यस्तै, उपत्यकामा दशैंमा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँस खोज्ने प्रचलन रहेको छ । तर, यसपटक अधिकांश मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएकाले पनि हाँसको व्यापारमा कमी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *