पौडी खेल्ने क्रममा डुबेर कैलालीमा २ बालिकाको मृत्यु


धनगढी । कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं. ५ सरैयामा पौडी खेल्ने डुबेर दुई जना बालिका मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोडाघोडा नगरपालिका ५ सरैया बस्ने गगन ढुंगालको छोरी वर्ष ९ की अस्मिता ढुङ्गाल र सोही ठाउँ बस्ने धनबहादुर बिष्टकाे छाेरी वर्ष ७ कि अर्चना बिष्ट रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडबाट गएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकाे टाेलीले उनीहरूलाई घटनास्थल भन्दा १०० मिटर तलबाट मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरीका इन्सपेक्टर कृष्ण केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *