सिकालीको प्रसाद प्रधानमन्त्रीलाई


काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए।

आइतबार बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री
कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए।

स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गरेनन्। सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ललितपुरका जिल्ल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, खोकनावासीका तर्फबाट स्थानीय स्वयम्भुराज डङ्गोल, ललितपुर महानगरपालिका २१ का सदस्य ज्ञानभक्त डङ्गोललगायत सहभागी थिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *