स्थानीय तह

महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने

दार्चुला । महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने भएको छ । कोरोनाका कारण स्वदेश तथा विदेशबाट फर्किएर बेरोजगार बनेका युवाहरूलाई विना ब्याज रु १० लाख सम्म ऋण उपलब्ध गराउने गरी महाकाली नगरपालिकाको छौठौँ नगरसभाले नीति तथा कार्यक्रम ल्याएको हो । बुधबार अगामी वर्षका लागि निति तथा कार्यक्रम ल्याउँदै नगरपालिकाले बेरोजगार युवाहरूलाई कृषि उत्पादन र पशुजन्य उत्पादनको क्षेत्रमा काम गर्न चाहेमा सहकारी लगायतका वित्तिय संस्थाहरूको सहकार्यमा ऋण दिन