धनगढी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् । निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् ।
कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणबाटै निर्वाचित भएका हुन् ।
सभापतिमा निर्वाचित विष्ट यसअघि पनि भसापति नै थिए । पराजित भएका धामी प्रतिनिधि सभा सदस्य हुन् । उनी कञ्चनपुर-१ बाट विजयी भएका हुन् ।

