पोखराबाट दुबईका लागि नियमित उडानको टिकट बुकिङ खुला


पाेखरा ,पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन १ जनवरी २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा गरिएको थियो। करिब पाँच दशक लामो प्रतीक्षा, पोखरेलीहरूको निरन्तर दबाब, पर्यटन व्यवसायीहरूको पहल तथा विभिन्न चरणमा भएका संघर्षपछि निर्माण सम्पन्न भएको यो विमानस्थल पोखरेलीहरूको गौरवकोआयोजना हाे ।

विमानस्थल सञ्चालनमा आएपछि पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान भने हुन सकेको थिएन। यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडानहरू सञ्चालन भएका थिए। त्यस्तै भारतमा एकपटक हवाई एम्बुलेन्समार्फत बिरामी ओसारपसारका लागि उडान गरिएको थियो। तर नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई सेवा सुरु हुन नसक्दा विमानस्थलको प्रभावकारी उपयोगबारे निरन्तर प्रश्न उठ्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *