धनगढीमा समुदायस्तरमा कोरोना परीक्षण गरिँदै


धनगढी । धनगढी उपमहानगरपालिकामा दिन प्रतिदिन समुदाय स्तरमा कोराना देखिन थालेपछि धनगढी उपमहानगरपालिका भोली देखि समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी शुरु गरेको छ ।

धनगढीमा भोली देखि थप ५ दिन निषेधाज्ञाको समय थप गरी समुदाय स्तरमा परिक्षणको दायरा बउाउँने तयारी भएको धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले बताए ।

उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत भन्दा बडी संक्रमित स्थानीय रहेका छन् । धनगढीमा स्थानीय संक्रमितको संख्या ४८ पुगेको धनगढी उप–महानगरपालिकाले जनाएको छ । मेयर नृप बहादुर वडले कोरोना देखिएका ब्यक्तिको सम्पर्कमा आएका र त्यो समुदायमा अब परिक्षणका दायरा बढ्ने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *