समाचार

कोरोनाको भ्याक्सिन निःशुल्क वितरण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले कोरोना भाइरसको भ्याक्सिन जनतालाई निःशुल्क उपलब्ध गर ाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन सरकारले नै आयात गरी जनतालाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिनको लागि स्रोतको अभाव नहुने समेत प्रष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व

महालक्ष्मी बैंक कुमारीपाटीमा कर्मचारीकै मिलेमतोमा यसरी भयो सात करोड ४२ लाख घोटाला

खोटाङ घर भएका पूर्ण राई र देवानन्द राई ललितपुरका सुन व्यवसायी हुन्। पूर्ण ललितपुर महानगरपालिका(५ लगनखेल र देवानन्द राई ललितपुर(१४ विशाल चोक बस्छन्। दुवै जनाले प्रयोग गर्दै आएको व्यापारिक फर्म अनुसन्धानको क्रममा रहेकाले प्रहरीले नाम खुलाएको छैन। तर, राईद्वयले २०७४ सालयता पटक(पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएको देखिएको छ। सुन राख्दै कर्जा लिँदै गरेका दुवै अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। महालक्ष्मी बैंक केन्द्रीय कार्यालयले

१२ जिल्लाका सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन । यस्तै, महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, पाँचथरमा पुन्यप्रसाद ढकाल र तेह्रथुममा जयराम भण्डारीलाई सरुवा गरिएको

चर्चित हास्यकलाकार मनोज गजुरेल र नायिका बर्षा सिवाकोटी विवाह गर्दै

काठमाडौ। चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारी गरेका छन् । केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए। गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् । उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् । मनोजले आफूले दोस्रो बिहे गर्न लागेको कुरा सार्वजनिक रुपमा बताएपछि पूर्वपत्नी

डोटीमा भूकम्पको धक्का

डाेटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३।७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले जानकारी दिनुभयो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस गराएको बताइएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा

समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारीमा नेकपाः अध्यक्ष दाहाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर साहसहित १०९ नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रो पार्टीभित्र चल्ने बहस र छलफल त्यही समाजवादतिरको यात्राका लागि हुन् । समाजवादतिरको यात्रामा

कानुनले किसानलाई फाइदा पुग्छः प्रधानमन्त्री मोदी

एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले हालै पास गरेका कृषि कानुन किसानको हितमा भएको शनिबार बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले किसानको हितमा काम गर्न प्रतिवद्ध रहेको बताउँदै नयाँ कानुन यसका लागि सहायक हुने बताए । ‘शीत भण्डारण संरचनालाई आधुनिकीकरण गरिने छ । यसले कृषि क्षेत्रमा थप लगानी भित्राउने छ र यसबाट किसानहरू सबैभन्दा बढी लाभान्वित हुनेछन्,’ प्रधानमन्त्री मोदीले भारतको ‘फेडेरेसन अफ च्याम्वर्स अफ कमर्स एण्ड इन्डट्रिज

घुम्ती शौचालय उपयोगविहीन

सिराहा । गोलबजार नगरपालिकाले दुई वर्षअघि खरिद गरेको घुम्ती शौचालय अझै उपयोगविहीन बनेको छ । गोलबजार क्षेत्रमा हुने सेवाग्राहीको भीडभाड र पैदल यात्रुको सुविधालाई दृष्टिगत गरी नगरपालिकाले रु २० लाखको लागतमा खरिद गरेको घुम्ती शौचालय नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीका कारण उपयोगविहीन बनेको हो । घुम्ती शौचालय प्रयोगमा नल्याउँदा बजारमा आउने सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । गोलबजारका मुख्य चोक तथा हाटबजार क्षेत्रमा हुने सर्वसाधारणको सुविधालाई मध्यनजर गरी नगरपालिकाले आर्थिक

विद्युतीय माध्यमबाट घर नक्सा पास

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको शुरुआत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज पत्रकारसम्मेलन गरी आगामी पुस १ गतेदेखि विद्युतीय माध्यमबाट घर नक्सा पास सेवा शुरु गर्न लागिएको जानकारी दिएको हो । हाल रहेको कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटोछरितो तथा सहज हुने भएकाले यो सेवा शुरु गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । यो सेवाअन्तर्गत भवन निर्माण अनुमति

शनिवार यी स्थानमा बत्ती जाने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ । प्राधिकरणले विद्युत् कटौती