नेपालले किनेको १० लाख खोप भित्रियो


काठमाडौँ । भारतको सेरम इन्ष्टिच्युटबाट कोभिड १९ विरुद्घको १० लाख डोज खोप नेपाल सरकारले खरिद गरेको छ। भारतद्वारा अनुदानमा आएको खोप अपर्याप्त भएपछि नेपाल सरकारले थप १० लाख डोज खोप किनेको हो।

सरकारले यसपटक ज्येष्ठ नागरिकलाई खोप वितरण गर्ने घोषणा गरेको छ। फाल्गुण २३ गतेबाट ज्येष्ठ नागरिकले खोप पाउने भएका हुन्। आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *