समाचार

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौँ । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग ९सीपीएल०अन्तर्गत उहाँ आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो । टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो । एक सय ६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २

विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : मन्त्री भुसाल

टेक्सस । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताउनुभएको हो । गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र

पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ

पर्वत । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास नगरपालिकामा ११५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा ११० र पैयुँ

सशस्त्र प्रहरी भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै

महोत्तरी । कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट ९बिओपी० को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास ९महोत्तरी० ले जनाएको हो । सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट ९बिओपी० थपिन लागेको

चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

भरतपुर । थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ । जितियासँगै अन्य चाडपर्व पनि क्रमशः आउने भएकाले उनीहरुलाई यस वर्षका चाडपर्व के हुने भन्ने चिन्ता पनि छ । यसै चिन्ताका बीच थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेको

रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको

कास्कीमा निषेधाज्ञा एक हप्ता थप

गण्डकी । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यस अघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गर्नुभएको आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर

फस्र्ट माइक्रोफाइनान्सद्वारा पाँच अर्ब ५९ करोड लघुकर्जा प्रवाह

काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब २३ करोड ऋण सापटी लिएर साझेदार ऋणी संस्थामार्फत पाँच अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको फस्र्ट माइक्रोफाइनान्सका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले बताउनुभयो । संस्थाले गत असार मसान्तसम्म ७७ जिल्लामा कार्यक्षेत्र भएका ११९ साझेदार संस्थामार्फत

आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्

दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आउनुभयो । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बस्नुभएका उहाँले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाउनुभएन । “मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उहाँले भन्नुभयो, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।” मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल

क्रसर उद्योगको मापदण्ड पालनामा कडाई

कास्की । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्ड विपरित सञ्चालन भएको भन्दै पालनाका लागि सरोकारभएकालाई जिम्मेवार बनाउने भएको छ । समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनबारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखसँग आगामी भदौ २४ गते छलफल गर्ने निर्णय गरेको समितिका सभापति दीपक कोइरालाले बताउनुभयो । “प्रदेशमा यी उद्योग थपिनेक्रम छ तर मापदण्ड पालना नगरेको तथा कतिपय दर्ता, नविकरण नभएको गुनासा आएका