समाचार

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

काठमाडौँ ,  प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जित्नुभएको छ । उहाँले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो हुनुभयो । उहाँले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गर्नुभयो । सेनाका सुवेदार होमलाल श्रेष्ठ तृतीय हुनुभयो । उहाँले निर्धारित दूरी दुई

किशोरीलाई आत्मरक्षा तालीम

धनगढी,  पछिल्लो समय देशमा महिला हिंसाका घटना बढिरहेकाले कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आत्मरक्षा तालीम सञ्चालन गरेको छ । नगरपालिकाले शुक्रबारदेखि तीन माध्यमिक विद्यालयमा एकैसाथ शुरु गरेको तालीममा सक्षम छोरी अभियानले सहजीकरण गरिरहेको छ । यस प्रकारको तालीमले समाजमा हुने महिला हिंसामा कमी आउनाका साथै महिला तथा किशोरीको आत्मविश्वास बढ्दा उनीहरू समाजका हरेक स्थानमा पहुँच बढाउन सफल हुने भएकाले तालीम आवश्यक रहेको सक्षम छोरी अभियानका सहजकर्ता शिवराज रिमालले बताउनुभयो । आत्मरक्षा

अब के गर्लान् बामदेव ? ओलीको संसदीय दलको बैठकमा सहभागी नहुने

काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकमा शनिबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली निकट सांसद सहभागी हुने संसदीय दलको बैठकमा नेता बामदेव गौतम उपस्थित नहुने भएका छन्। गत पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको घटनासँगै दुई धुव्रमा देखिएको सत्तारुढ दल नेकपाभित्र दैनिक रुपमा समस्या बल्झिँदै गएको छ। दुई धुव्रमा देखिएका प्रधानमन्त्री ओली र

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

काठमाडौं । बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ । यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ । ‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य

किस्तीमा प्रधानमन्त्री बोकेर खाइदिनु पर्यो भन्दै हिँडेका छन् प्रचण्ड–माधव : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आफ्नै पार्टीको नेतृत्वमा सरकारलाई ढाल्न खोज्दै प्रधानमन्त्री पद किस्तीमा बोकेर विभिन्न राजनीति दलको ढोकामा पुगेको आरोप लगाएका छन्। शुक्रबार नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। ‘म पार्टीको अध्यक्ष छु, संसदीय दलको नेता पनि मै हुँ, मेरो नेतृत्वको सरकारले ‘सुखी नेपाली–समृद्धि नेपाल’को नारा लिएर दिनानुदिन देश विकासमा अगाडि बढिरहेको छ।

ब्याजमा राखेको ८ अर्ब ५१ करोड नबिलबाट राष्ट्र बैंकको खातामा सार्दै महानगर

काठमाडौं । काठमाडौं महानरपालिकाले निजी बैंकको खातामा रहेको ८ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ रकम राष्ट्र बैंकको साधारण चालु खातामा लैजाने भएको छ । यसमध्ये १ अर्ब रुपैयाँ मुद्धति खाता थियो भने ७ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ ‘कल खाता’ मा थियो । महानगरले १० वर्षदेखि नबिल बैंकको मुद्धति खातामा मद्धतिमा ब्याज खानेगरी रकम राखिरहेको थियो, जसको वाषिर्क ब्याजदर ५।५ प्रतिशत थियो । कल खातामा एक प्रतिशतको हाराहारीमा

कैलाली कारागारबाट विप्लव समूहका सेती महाकाली इञ्चार्ज पुन रिहा

धनगढी । विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन कैलाली कारागारबाट रिहा भएका छन । कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल आज रिहा भएका हुन । नेता पुन रिहा भएपछि कारागार बाहिर कार्यकर्ताहरु नाराबाजी सहित खुशी साटासाट गरिरहेका छन । सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो । पुनलाई ५० हजार धरौटीमा रिहा गरिएको बताईएको छ । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्र १ .दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं । २ .

नेपाल बैंक लिमिटेडमा करिव २ सय जनालाई रोजगारी खुल्यो

नेपाल बैंक लिमिटेडमा करिव दुई सय जनाका लागि रोजगारी खुलेको छ । सो का लागि अनलाइन दरखास्त आवहान गरिएको छ । प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन

दक्षिण कोरियामा कोभिडको संक्रमण केही घट्दो

सोल, दक्षिण कोरियामा कोरोना भाइरस कोभिड– १९ का संक्रमितहरूको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन् । प्राप्त समाचारअनुसार पछिल्लो २४ घन्टामा यहाँका ३८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो संख्या यहाँ केही दिनयताको भने कम देखिएको छ । योसँगै यहाँ संक्रमितहरूको संख्या ९१ हजार ६३८ जना पुगेको पनि बताइएको छ । कोरियामा पछिल्लो