‘माधव पक्ष एमालेमा फर्किए सम्मानजनक व्यवहार गरिन्छ’


काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी एमालेका ओली पक्षीय नेता सुवास नेम्वाङले माधवकुमार नेपाल समूहलाई पार्टीभित्र राम्रो व्यवहार गरिने बताएका छन्।

आज संसद बैठकपछि बाहिरने क्रममा ‘माधव नेपाल–झलनाथ खनाललाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै नेम्वाङले भने, ‘उहाँहरुलाई सम्मानजनक ढंगबाट व्यवहार हुन्छ।’ उनले सर्वोच्च अदालतको आदेशलाई आफूहरूले मान्ने पनि बताएका छन्।

नेता नेम्वाङले भने, हामी कानूनी राज्यको अवधारणालाई मान्छौँ। त्यसबारेमा कुनै पनि ‘इफ’ ‘बट’ छैन। सम्मानित सर्वोच्च अदालतले गरेको जुन व्याख्या छ, त्यो व्याख्यालाई शिरोपर गर्दै हामी संविधान बमोजिम सर्वोच्च अदालतको आदेश बमोजिम त्यसलाई कार्यान्वयन गरेर अगाडि बढ्छौँ।’ जनता समाजवादी पार्टीको मागप्रति सरकार सकारात्मक रहेको तर छलफल सत्ता साझेदारीको लागि नभएको समेत उनले दाबी गरे।

उनले भने, ‘जसपासँग सत्ता साझेदारीका लागि कार्यदाल बनेको होइन। तर जसपासँग हामी निरन्तर कुराकानीमा छौँ। आजै पनि उहाँहरूसँग छलफल भएको थियो। जसपाले रेशम चौधरीको रिहाइ लगायतका माग गरेको छ। हामीले सरकार सकारात्मक छ भनेका छौँ।’

साथै, उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे बोलिनसकेको हुँदा सरकारले बहुमत गुमाइसकेको भन्नु हतारो हुने नेम्वाङको भनाइ थियो। संसदमा रहेका राजनीतिक दलहरूले आफ्नो स्थिति प्रष्ट गरिसकेका छैनन्। उनीहरू छलफलमा छन्। कसैले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पनि यसबारे बोलेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *