सपनामा आफ्नै विवाह भएको देख्दा शुभ हुन्छ की अशुभ ?


काठमाडौँ, सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन। अधिकांशका धेरै सपना अधुरा नै रहन्छन्।

हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ। कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन। हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ।

यहाँ हामीले सपनामा विवाह भएको देख्दा ज्योतिष शास्त्र अनुसार शुभ अशुभ के संकेत गर्छ भनेर चर्चा गर्ने प्रयास गरेका छौँ।

यदि कोही ब्यक्ति सपनामा विवाह वा त्यससँग सम्बन्धित अन्य कुनै बस्तु देख्दछ भने त्यसको शुभ र अशुप दुबै अर्थ हुन्छ। सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथी, नातेदार कसैको विवाह भएको देख्नु भयो भने यस्तो सपनाको शुभ संकेत मानिदैन। यस्तो सपना देख्दा तपाईँको काममा कुनै बाधा आउनसक्ने संकेत दिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *