समाचार

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,  पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि मौसम सुधार हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली

माधव नेपालको जन्मदिनमा सर्वोच्चको धक्का

काठमाडौं। आइतबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिनमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा हुने गरी फैसला सुनाएको छ। योसँगै नेपालको राजनीतिक जीवनमा ठूलो धक्का लाग्न पुगेको छ। अदालतले ऋषि कट्टेलद्वारा दायर रिटमाथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दायर गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज हुन पुगेको छ। जसले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

सर्वोच्चको फैसलाले ब्यूँतियो एमाले र माओवादी केन्द्र

काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरेसँगै एमाले र माओवादी केन्द्र ब्यूँतिएको छ। सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर भएको नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गर्न नमिल्ने आदेश दिँदै साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत

टी२० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

वेलिङ्टन, अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको थियो । पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत दिएको थियो । उक्त लक्ष्य न्यूजील्यान्डले २७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो । न्यूजीन्यान्डले अन्तिम खेलमा तीन जना स्पिनरलाई खेलाएर जोखिम लिएको थियो

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टीबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्दै ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

कोरोनापछि मानसिक स्वास्थ्य सुधारका लागि करुणा कुँवरका ८ सुझाव

एक वर्षअघि सुरु भएको कोरोना भाइरसको त्रास अहिले सामान्यता धेरैमा कम हुन थालिसकेको छ । तर यसबाट उब्जिएको मानसिक समस्या भने केही समय चलिरहने मनोचिकित्सकहरु बताउँछन् । कोरोना कालमा कोही आर्थिक समस्याका कारण, कोही घरायसी मनमुटावका कारण त कसैलाई रोगको त्रासका कारणले पनि मानसिक समस्याको तहसम्म पुर्‍यायो । तर कोरोना भाइरसको खोप बजारमा आइसकेपछि त्यो समस्या समाधान हुनुपर्ने हो । तर, महामारीको बेलामा कमजोर भएको मानसिक अवस्थालाई बलियो बनाउन केही

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो वनमन्त्री आले

काठमाडौँ, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाउनुभएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार तथा मप्रति ‘कु’ दृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

कञ्चनपुर, लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३

ओली समूहद्वरा सभामुख सापकोटामाथि अविश्वास प्रस्तावको तयारी

काठमाडौँ । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेसँगै संकटमा आएका प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षको नेकपाले सभामुखको भूमिकामा आशंका व्यक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठकको पूर्वसन्ध्यामा शनिबार राति ओली पक्षले रणनीतिक छलफल गरेका थिए। सो छलफलमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै उनीविरुद्घ अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि कुराकानी भएको बताइएको छ। सर्वोच्चको आदेश अनुसार आज संसदको बैठक दिउँसो ४ बजे बस्दैछ। बालुवाटारमा राति

तोलामा ५०० बढ्यो पहेंलो धातुको मूल्य

काठमाडौँ, स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ । मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले