दोस्रो चरणको खोप आजदेखि
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुनेछ । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप









