ब्राजिलमा एकै दिनमा ७६ हजार नयाँ सङ्क्रमित, पूर्व राष्ट्रपतिलाई खोप
काठमाडौँ, ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन्। त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ। कोरोनाभाइरसको महामारीबाट