समाचार

अवैध हतियारसहित एक पक्राउ

राँझा, जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बारबोर बन्दुक र

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताउनुभयो । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गर्नुभयो ।

प्रहरीको २ सय ८७ युनिटको नाम हेरफेर, पहिले के अब के ?

काठमाडौं, सरकारले नेपाल प्रहरीका २ सय ८७ युनिटको नाम हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालयदेखि सीमा सुरक्षा चौकीसम्मका युनिटको नाम हेरफेर गरिएको हो। हेरफेरसँगै प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) को नाम ‘नेपाल प्रहरी प्रधान कार्यालय’ बनाइएको छ। उपत्यकास्थित सबै प्रहरी युनिटको नाम अघि रहेका ‘महानगरीय’ शब्द झिकिएको छ। उपत्यकाको समग्र शान्तिसुरक्षा व्यवस्थापन र सुपरिवेक्षण गर्दै आएको महानगरीय प्रहरी कार्यालयलाई ‘काठमाडौं उपत्यका प्रहरी कार्यालय’ बनाइएको छ। महानगरीय अपराध महाशाखालाई काठमाडौं उपत्यका अपराध

माओवादी केन्द्रले फिर्ता बोलायो आफ्ना मन्त्री

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) ले सरकारमा सम्मिलित आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको हो। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको हो। सरकारमा रहेका गृहमन्त्रीसहित मन्त्रीहरू लेखराज भट्ट (उद्योगमन्त्री), टोपबहादुर रायमाझी (ऊर्जामन्त्री), मणि थापा (खानेपानीमन्त्री), प्रभु साह (सिँचाईमन्त्री), दावा लामा (खेलकुदमन्त्री) र गौरीशंकर चौधरी (श्रममन्त्री) लाई पार्टीले फिर्ता बोलाएको हो। यता एमालेले भने माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा गएका

ग्रामी २०२१ र टेलर स्विफ्ट

काठमाडौँ, सन १९५९ देखि आयोजना हुँदै आएको ग्रामी अवार्ड अमेरिकाको संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डमध्येमा पर्छ। ‘द रेकर्डिङ एकेडेमी’ ले प्रदान गर्ने ग्रामीको ६३ औँ संस्करण यही १४ मार्चमा हुँदैछ। ८४ विधामा अवार्ड बाँडिनेमा एल्बम अफ दि इअरमा यतिबेला सबैको ध्यान केन्द्रीत छ। ग्रामीको मुख्य विधा मानिने एल्बम अफ दि इअरमा टेलर स्विफ्टको फल्कलोर हुनुले पनि यसको चर्चा बढाएको हो। टेलरसँगै एल्बम अफ दि इअर अवार्डका लागि अन्य सात कलाकारको

कम्युनिष्ट फुटेर चिराचिरा पर्दासमेत कांग्रेस संकटमा : वरिष्ठ नेता पौडेल

काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रसँगै नेपाली कांग्रेस संकटमा रहेको बताएका छन्। बागलुङमा नेपाल शिक्षक संघले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनु पर्ने बताए। “लोकतन्त्र र कांग्रेस संकटमा छ, जसकारण नेपाल नै संकटमा धकेलिन थाल्यो”, पौडेलले भने, “कांग्रेसले समीक्षा गर्ने बेला आएको छ, देश जोगाउन पहिला कांग्रेस सच्चिन आवश्यक रहेको छ।” उनले

दुईचार जनासँग पैसा आउँदैमा समृद्धि आयो भन्न मिल्दैनः प्रचण्ड

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मान्छेसँग पैसा आउँदैमा समृद्धि आएको भन्न नमिल्ने बताएका छन्। प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र समृद्धि आएको मानिने उल्लेख गरेका हुन्। उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो मात्रै समृद्धि मान्न नसकिने उनले उल्लेख गरे।

काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

काठमाडौैँ, काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जितका लागि १०६

नेटिभीमा ‘दोहोरी च्याम्पियन’

काठमाडौँ, नेपाल टेलिभिजनले आज साँझदेखि नेपाली लोक संस्कृतिसम्बन्धी रियालिटी मेगा–शो ‘दोहोरी च्याम्पियन’ प्रसारण गर्ने भएको छ । नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आजदेखि दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले विज्ञप्तिमार्फत जनाएको छ । सो मेगा–शो यसै हप्तादेखि प्रत्येक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोहोरी च्याम्पियनको शुभारम्भ गर्नुहुँदै नेपाली कला र

शव फेला

गोदावरी, कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् । धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । मृतकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा शवको सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो