केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरूको भएको बताएका छन्।

नेता नेपालले पार्टी अध्यक्ष केपी ओली एमाले नभएर विमाले, सिमाले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरेका छन्। मंगलबार आफ्नो समूह समर्थक विद्यार्थीहरूको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन।’

उनले अगाडि भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौँला। होइन भने नेकपा एमाले हाम्रो हो। केपी ओली विमाले हुन्, सिमाले हुन्। यो पार्टी छोडेर गए हुन्छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *