उखु किसानको भुक्तानीको समस्या अब दोहोरिन्न -मन्त्री अर्याल
काठमाडौँ, सरकारले उखु किसानहरूको उखु बिक्री तथा भुक्तानी समस्याको दीर्घकालीन समाधान भएको बताएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पदमा अर्यालले उखु किसानको भुक्तानी समस्याको समाधान समस्या पुनः नदोहोरिने गरी निकालिएको दाबी गरेकी छन्। उनले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा, सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको जानकारी दिइन्। मन्त्री अर्यालले आफूले मन्त्रालय सम्हाल्ने बित्तिकै किसानको समस्यामाथि तत्काल गर्न सकिने सम्बोधन, दीर्घकालीन समस्या र तिनको समाधान










