समाचार

वामपन्थी नेता मानन्धरको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ । स्व मानन्धर रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताका रुपमा परिचित हुनुहुन्थ्यो । सरल र शान्त स्वभावका

केन्द्रिय कार्यालयका लागि घर खोज्दै सूर्या लाइफ, कम्पनीको वेवसाइट मार्फत शिलबन्दी प्रस्ताव गर्न पाउने

काठमाडौं । सूर्या लाइफले केन्द्रिय कार्यालय सार्ने भएको छ । कम्पनीले केन्द्रिय कार्यालयको लागि काठमाडौं तथा ललितपुरको रिङरोडभित्र वा सो आसपासको क्षेत्रमा सडक, पानी, विजुली, टेलिफोन तथा ढलको राम्रो व्यवस्था भएको घर भाडामा लिनका लागि सार्वजनिक सूचना मार्फत घरवेटी सँग प्रस्ताव आह्वान गरेको छ । कम्पनीले १५ /२० वटा कार तथा ५०/५५ वटा मोटरसाइकल पार्किङ गर्ने स्थान सहित ९ हजार स्क्वायर फुटको घर वा फ्ल्याट भाडामा लिन खोजेको हो ।

मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस्  : जल तथा मौसम विभाग

काठमाडोैँ । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ । हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा

नेप्सेमा पाँच अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ बिन्दुले ओरालो लागेर ४४९.९२ मा पुगेको छ । कूल २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर रु चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३०

नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बित

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। ओलीले पार्टी विधान २०४९ को धारा ४९ ‘ख’अनुसार ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीहरूबाट दुई नेतालई निलम्बन गरेका हुन्। नेता नेपाल र रावललाई सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका हुन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ओलीले दुवै नेतालाई कारबाही गरिएको पत्र पठाएका हुन्। यसैबीच सच्चिएर

‘भेरोसेल’ नेपाल आइपुग्यो

काठमाडौँ । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गर्नुभयो ।

चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास

काठमाडौँ । चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स ९युएई०का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गर्नु भएको छ । दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गर्नु भएको थियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्री वाङले चीन र युएईले संयुक्तरुपमा कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न लागेकामा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले यस कार्यबाट चिनियाँ खोपको विभिन्न

२० वर्ष कैद भएका फरार अभियुक्त पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साविक मौवाहा गाविस–६) का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो । सप्तरीको साविक मौवाहा गाविस–६ (हाल

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ । आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत १४ गते

हात्ती आक्रमणमा परी एकको मृत्यु

काठमाडौँ । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो । गाउँ पसेका