केपी शर्मा ओली : सरकारलाई काम गर्न दिएनन्


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि पार्टीहरूले सरकारलाई काम गर्न नदिएको बताएका छन्। शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘संविधान मासियो, च्यातियो, लोकतन्त्र सकियो भन्ने व्यक्तिगत आकांक्ष पूरा नहुँदा सबैले भन्ने यस्तै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद पुनस्थापना भो, न काम गर्न सक्छ न काम गर्न दिन्छ, यस्तो अवस्थामा दलहरूको स्वार्थले संसद तानातान भयो, पहिले नै मैले सरकारलाई काम गर्न दिइएको छैन भनेको थिएँ, अहिले पनि सरकारलाई काम गर्न दिइएको छैन।’

यस्तै, पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानीसमेत काठमाडौँमा आइपुग्ने बताए।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उनले भने, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्दैन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *