समाचार

दाङमा अदालत, जिल्ला प्रशासन लगायतका कार्यालय बन्द

दाङ । कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् । बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन् । दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ । अब दैनिक पाँचभन्दा

राष्ट्र बैंकले दसैंमा नयाँ नोट वितरण नगर्ने

काठमाडौँ। यो वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दसैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, दसैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट

आफ्नै पार्टी बाट निर्वाचित मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा अविश्वासको प्रस्ताव दर्ता भएको छ । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् । नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित

गेटा मेडिकल कलेजले एमबीबीएसको पढाई सुरु गर्न अनुमती पायो, कहिले देखी हुन्छ पढाइ ?

धनगढी । गेटा मेडिकल कलेजमा अगामी २०८० साल भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमती भएको छ। २७ दिनदेखि आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच भएको ८ बुँदे सहमतीमा गेटामा २०८० सालको फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी भएको पहिलो बुँदाको ‘ख’ मा गेटा मेडिकल कलेजको कलेज भवन निर्माण सम्पन्न भईसकेको, अस्पताल भवन, छात्रबास

अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशत तोडे यस्ता छन सहमति का ८बुँदा

काठमाडौं । सरकार र डा। गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा। केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । डा। केसीले भोलि आइतबार विहान ९ः३० बजे अनसन तोड्नेछन् । केके भयो सहमति रु सरकार र डा।केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु

प्रहरी प्रधान कार्यालयले मातहतका कार्यलयलाई दियो यस्तो निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए । केही दिन

किमद्वारा कोरोनाभाइरस सङ्क्रमितको सु–स्वास्थ्यको कामना

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ । अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर सम्मेलनका एक सदस्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भर्खरै भाइरसको साथ अस्पतालमा भर्ना भई उपचारपछि निवासमा फर्किएका समय नेता किमले उत्तर कोरियाली राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको एक मन्तव्यमा भन्नुभयो, “विश्वव्यापी महामारी निम्त्याएको भाइरसको समस्यासँग जुधिरहेका विश्वभरका सबैको सुस्वास्थ्यको कामना छ ।” उत्तर

कहिले आउँछ दार्चुलामा पीसीआर मेसिन ?

दार्चुला । कोरोना भाइरसको संक्रमण भएनभएको पत्ता लगाउने पीसीआर परीक्षण मेसिन खरिद गर्ने जिल्ला सभाले निर्णय गरेको ३ महिना बितिसकेको छ । कोरोनाका संक्रमित दिनदिनै बढिरहेको र परीक्षणका लागि स्वाब संकलन गरेर अर्को जिल्ला पठाएर रिपोर्ट आउँदासम्म संक्रमण फैलिने हुन्छ । त्यसैकारण जिल्लामा नै कोरोना परीक्षण गर्ने गरी पीसीआर मेसिन खरिद गर्ने निर्णय भएको थियो । तर, त्यस्तो निर्णय गरेको ३ महिना बितिसक्दा पनि खरिदप्रक्रिया भने अगाडि बढेको छैन । असार

यी हुन् कोरोना भाइरसबाट अति प्रभावित देशहरू

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश

भारतपछि पाकिस्तानले पनि लगायो टिकटकमाथि प्रतिबन्ध

एजेन्सी । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो । “अनैतिक सामग्रीहरु” भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिबन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरूको भनाइ छ । टिकटकबाट मुस्लिम धार्मिक संस्कारको