कर्णालीमा देखिएको विवाद समाधान गर्ने विषयमा ओली र दाहालबीच फेरी विवाद सुरु


सुर्खेत । कर्णाली प्रदेश सरकारको विवाद समाधान कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका बीचमा विवाद देखिएको छ । कर्णालीको विवाद समाधानका लागि छलफल गर्न कार्यकारी अध्यक्ष दाहाल मंगलबार बिहान बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओली प्रदेशको विवाद केन्द्रबाटै समाधान गरिदिन प्रस्ताव गरेका थिए । तर, दाहालले प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षका बीचमा विवाद बढेको हो ।

प्रदेश सरकार भनेको र संघको मातहतमा हुनुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पनि दुई अध्यक्षले मिलेर समाधान गर्नुपर्ने प्रस्ताव गरेको तर दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

संघीयताको मर्म र भावना अनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी र प्रदेश सभाले निर्णय लिनुपर्ने भन्दै कार्यकारी अध्यक्ष दाहाल बालुवाटारबाट मिलाउन खोज्दा सकारात्मक सन्देश नजाने जवाफ दिएर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *