राजनीति

यी हुन् कांग्रेसबाट मन्त्री बन्नेहरु, स्वास्थ्य राज्यमन्त्रीको पद धरापमा

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएको ८४ दिनमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाडमा सहमत्ति भएपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको छ । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा मिलेपछि मन्त्रिपरिषद् विस्तारको ढोका खोलेको हो । गठबन्धन दलबीच कांग्रेसले ७, माओवादीले ६ र एकिकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० ले ४र४ मन्त्रालय पाउने भएका छन् । मन्त्रालय बाँडफाँडको काम सकिएपछि अब बिहीबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने, ‘म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट

खादा माला प्रयोग नगर्ने युवा संघको निर्णय

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने निर्णय गरेको छ। प्रवक्ता सञ्जीव राईका अनुसार बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको हो। युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग नगर्ने राईले बताए। अनावश्यक र अनुत्पादक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्नेले प्रवक्ता राईले बताए।अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन्।अतिथिहरु सहभागीहरुसँग बस्नेछन्।  

प्रदेश १ र बागमतीमा हाम्रो सरकार बन्छ, स्वागत गर्न तयार रहनुस् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘एक र तीन नम्बर प्रदेश ९बागमती० मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’ उनले आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता कार्यकर्तालाई

प्रचण्ड पत्नीदेखि विष्णु माझीसम्मलाई पदक

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये सबैभन्दा ठूलो मानपदवीको रुपमा रहेको नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्व. कृष्णप्रदास भट्टराईलाई प्रदान गरिने भएको छ । भने, दोस्रो ठूलो मानपदवीको रुपमा रहेको राष्ट्र गौरव

पोखराका मेयर दुई महिनादेखि अस्वस्थ : कार्यपालिका बैठक बसेन, महत्वपूर्ण निर्णय भएन !

पोखरा महानगर प्रमुख मानबहादुर जिसी दुई महिनाभन्दा लामो समयदेखि अस्वस्थ छन् । साउन १ गते मष्तिष्कघात भएपछि उनी काठमाडौंमै उपचाररत छन् । मेयरको सचिवालयका अनुसार पूरा निको भएर काममा फर्किन अझै समय लाग्ने देखिएको छ । मेयर जिसीको अस्वस्थतासँगै महानगर लामो समयदेखि प्रमुखविहीन बन्न पुगेको छ । कामकारबाहीलाई अघि बढाउन कार्यवाहकको जिम्मेवारी पनि दिएका छैनन् भने लामो समयदेखि कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन । महानगर बैठक बस्न नसक्दा महत्वपूर्ण योजनाहरुसमेत

संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै  संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष नेपालले  संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरेका हुन् । अध्यक्ष नेपालले सन्देशमा भने, “संविधान जारीपछि मुलुकको राज्य संरचना र शासनसत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको तर अहिले पनि प्रतिगामी

संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँ : सभामुख

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने बताएका छन् । संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नागरिकले संविधानअनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका हुन् ।  जनताका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण गरी जारी भएको ६ वर्ष पूरा भएको छ

सुदूरपश्चिममा अधिकांश नागरिकले घरैमा रोजगारी पाएः त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमका अधिकांश नागरिकले घरैमा रोजगारी पाएको बताएका छन्। जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।  सुदूरपश्चिममा हाल विभिन्न उद्योग र कलकारखाना सञ्चालन भएकाले अधिकांश नागरिकले घरैमा रोजगारी पाएको मुख्यमन्त्री भट्टको दाबी छ। यस्तै युवा उद्यमीलाई प्रदेशमै स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो सहुलियत ऋण तथा रोजगारमूलक कार्यक्रम दिने योजना बनाएको उनले

यस्तो छ एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, मासिक भाडा ३ लाख २५ हजार

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् । मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । भुइँतलासहित चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन् । घरमा १५ वटा कोठाहरु छन् ।