बेदकाेट का मेयर चन्दसहित अधिकांस जनप्रतिनिधि समाजवादीमा समाहित हुँदै, नेपालले स्वागत


महेन्द्रनगर । नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य तथा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित अधिकांस नेता, कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने भएका छन् ।

भोलि (आइतवार) बेदकोटमा आयोजित एक कार्यक्रमकाबीच समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चन्दसहितका नेता, कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

मेयर चन्दसहित बेदकोट नगरपालिकाका अधिकांस (बहुमत) वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले समाजवादीमा समाहित हुने तयारी गरेपछि एमाले कञ्चनपुरमा खैलाबैला मच्चिएको छ । वडा सदस्यलगायतका केही जनप्रतिनिधिलाई रोक्न सकिन्छ की भनेर एमाले नेताहरु दौडधुपमा लागेका छन् ।

गत पुस अन्तिम साता भएको जिल्ला अधिवेशनमा बीरबहादुर थापा (पातल) समूहबाट चन्द सचिवमा चुनाव लडेका थिए । उनी पल्लवराज भट्टसँग झिनो मतान्तरले पराजित भएका थिए भने अध्यक्षमा पातल सुरेन्द्र बिष्टसँग हारेका थिए ।

त्यसपछि अध्यक्ष बिष्ट र जिल्ला इन्चार्ज निरुदेबी पाललगायतले पातल समूहमा लागेका नेता, कार्यकर्ताहरुलाई पार्टीमा अवसर नदिएको र पेलेरै लैजाने रणनीति लिएको बुझाई चन्द पक्षको रहेको छ । पहिलो बैठकबाटै त्यो रणनीति अख्तियार गरियो, आफ्ना मानिसहरुलाई दोहोरो, तेहरो जिम्मेवारी दिइयो, अरुलाई पेलेरै ठेगान लगाउनुपर्छ भन्ने मानसिकता नेतृत्वको देखियो,’ समाजवादीमा समाहित हुन लागेका एक नेताले भने, ‘गलत नीति, बिधि र व्यवहारकाबिरुद्ध बिद्रोह गरेर समाजवादीमा समाहित हुन लागेका हौँ ।
सीमारेखा बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *