दार्चुलाको मकाली नगरपालिकाले बेरोजगार युवालाई विना ब्याज रु १० लाख ऋण उपलब्ध गराउने


दार्चुला‐असार १० गते : रोजगारीको शिलशिलामा स्वदेश तथा विदेशबाट कोरोना संक्रमणको त्रासका कारण थात थलो (घर) फर्किएका र बेरोजगार युवाहरुलाई विना ब्याँज रु १० लाख सम्म ऋण उपलब्ध गराउने गरी महाकाली नगरपालिकाको छौठौँ नगरसभाले आज अगामी वर्षका लागी निति तथा कार्यक्रम ल्याएको छ । बेरोजगार युवाहरुलाई कृषि उत्पादन र पशुजन्य उत्पादनको क्षेत्रमा काम गर्न चाहेमा सहकारी लगायतका वित्तिय संस्थाहरुको सहकार्यमा उक्त ऋण रकम विना ब्याज उपलब्ध गराउने गरी अगामी आर्थिक वर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम नगरसभामा नगर प्रमुख हंसराज भट्टले प्रस्तुत गर्नु भएको हो ।युवाहरुलाई दुग्ध उत्पादन, मासु उत्पादन, अण्डा तथा चल्ला उत्पादन तरकारी उत्पादन लगायतका क्षेत्रमा ऋण सहयोग दिने गरी निति कार्यक्रम प्रस्तुत गरिएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै निति तथा कार्यक्रम ल्याइएको छ । कृषि उत्पादक एवं पशु पालक कृषकहरुलाई गत‐विगत दिइदै आएको सहुलियत छुट एवं अनुदानलाई निरुत्साहित गर्दै उत्पादनको परिमाणका आधार अनुदान दिने नीति अबलम्बन गरिएको नगर प्रमुख भट्टले बताउनुभयो । नगरसभाले स्वास्थ्य क्षेत्रको समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिदका लागी आवश्यक रकम विनियोजन गरी आकस्मिक दुर्घट्ना, एवं गम्भिर प्रकृतिका रिफरल केशहरु जस्तै प्रसव पिडा, एपेन्डिसाइटिस, हार्ट अर्टेक, मृगौला फेलियर, ब्रेन हेम्ब्रेजमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने तथा सामान्य रिफरल केशहरुमा एम्बुलेन्सको शुल्कमा ५० प्रतिशत सम्म अनुदान दिने कार्यक्रममा समेटिएको छ । यस्तै नगरबस सेवा प्रति नगरवासीहरुको समर्थन एंव सन्तुष्टीलाई सम्मान गर्दै अगामी आ.व. मा खलंगा देखी डुङरी, काटैं, मैखोली र दल्लेख सम्म नगरबस सेवा प्रारम्भ गर्ने गरी निति तथा कार्यक्रम ल्याइएको छ ।अगामी वर्ष नगर विकास कोष संगको सहकार्यमा महाकाली नगरपालिका वडा नम्बर ४ मा अत्याधुनिक कमर्सियल भवनका रुपमा महाकाली माँल निर्माण गर्ने योजना निति तथा कार्यक्रममा समेटिएको छ । अन्न दाताका रुपमा रहेका कृषकहरुको कृषि पेशा प्रति आत्म गौरव बढाउन एवं कृषिलाई व्यवसायिकता तर्फ लैजान र युवा शक्तीलाई कृषि पेशा तर्फ आकर्षित गर्न प्रोत्साहन गर्ने उद्देश्यले कृषकहरुलाई सम्मान सहित कृषक पेन्सन कार्यक्रम लागु गरिने छ । महाकाली नगर क्षेत्र भित्र रहेका वेरोजगार तथा सीप युक्त जनशक्तीलाई मेरो सीप र श्रम मेरो माटोलाई कार्यक्रममा आबद्ध गराई ५ सय बढी युवाहरुलाई नगर प्रमुख रोजगार कार्यक्रम मार्फत कम्तीमा ३ महिना रोजगारी प्रदान गर्ने कार्यक्रम निति तथा कार्यक्रममा समेटिएको छ । विद्युत प्राधिकरण संगको सहकार्यमा बजार क्षेत्रमा रहेका अव्यवस्थित खुल्ला विद्युतिय तारहरुलाई विस्थापन गरी प्लाष्टिक कोटेड एबिसी केवल विछ्याइने जस्ता अन्य सामाजिक विकासका कार्यहरु समेटेर अगामी वर्षका लागी निति तथा कार्यक्रम ल्याइएको छ । नगरसभाले अगामी आर्थिक वर्ष २०७७÷०७८ का लागी कुल ६३ करोड ३४ लाख ९५ हजार १ सय ६ रुपैया अनुमानित बजेट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *