फिचर समाचार

रिलायन्स लाइफको सिईओ बने राकेश पोखरेल, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बनेका छन् । कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेसँगै पोखरेललाई सीईओ बनेका हुन् । ‘पोखरेललाई सिईओ बनाउने निर्णय पास भैसकेको छ, आज भोलीमै पत्र दिन्छौं’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले युगदर्पणलाइ भने । पोखरलले यसअघि आईएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओको जिम्मेवारी सम्हालिसकेका छन् भने उनीसँग बीमा क्षेत्रमा करिब ७ वर्ष काम गरेको अनुभव छ ।

प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुर

जनकपुरधाम । प्रदेश २ को नाम मधेश नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी ९जसपा०सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले संयुक्त रुपमा प्रदेशको नाम मधेश

मन्त्री आलेलाई कोरोना सङ्क्रमण

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । आज गरिएको कोरोना परीक्षणकाक्रममा मन्त्री आले सङ्क्रमित भएको पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री आलेसहित उहाँका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ । हाल दुवैजना निवासमै आइसोलेशनमा हुनुहुन्छ । मन्त्री र स्वकीय सचिवको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरिएको सचिवालयले जनाएको छ ।

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

काठमाडौँ, नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको राससलाई जानकारी दिनुभयो । आज सहयोग सामग्री हवाईजहाज अफगानिस्तानको

नेशनल लाइफद्वारा पुरानै बोनस दर कायम

काठमाडौँ – नेपालकै अग्रेणी बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो पुरोनै बोनसदर लाई कायम गर्न सफल भएको छ । अन्य कम्पनीको बोनस दर घटबढ भइरहेको बेला नेशनल लाइफ इन्स्योरेन्सले भने पोहोर सालकै बोनस दरलाई निरन्तरता दिन सफल भएको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सहमति भाँडियो

काठमाडौं । दुई ठूला बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडिएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव शुक्रबार हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत भयो । बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले बैंकका ठूला लगानीकर्ता विपक्षमा उभिएकाले विशेष प्रस्ताव पारित हुन आवश्यक ७५ प्रतिशत बहुमत नपुगेको बताए । ‘विशेष प्रस्ताव पारित हुन ७५ प्रतिशत मत चाहिन्थ्यो, सञ्चयकोषसहितका ठूला लगानीकर्ता विपक्षमा देखिँदा प्रस्ताव पारित हुन सकेन’ उनले भने ।

नेपाल लाइफले आन्दोलित अभिकर्तासँग वार्ता गर्न मानेन, सोमबार सम्पुर्ण शाखा कार्यालयमा ताला लगाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापन तथा सञ्चालकले आन्दोलित अभिकर्ताहरुसँग वार्ता गर्न नमाने पछि उनिहरुले सोमबारदेखि सम्पुर्ण शाखा कार्यालयमा ताला लगाउने भएका छन् । ताला लगाउनु अगाडी आइतबार एक पटक वार्ताका लागि आह्वान गर्ने छन् । यदि आइतबार पनि कम्पनीले केन्द्रिय संघर्ष समितिसँग वार्ता गर्न मानेन भने पत्रकार सम्मेलन नै गरेर ताला लगाउने संघर्ष समितिका संयोजक गणेश अधिकारीले जानकारी दिए । गत बुधबार अभिकर्ता केन्द्रिय संघर्ष समितिले कम्पनीका

देशभित्रै रोजगारीका अवसर सिर्जना गरिने

काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताउनुभएको छ । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवद्र्धनका लागि छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै बजारको मागबमोजिम सीपमूलक श्रमशक्ति विकास

स्वास्थ्यमन्त्रीले गरेका सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बुधबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए ।

सुदूरपश्चिममा एकैदिन ३१८ जनामा सङ्क्रमण

धनगढी,सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत ६३ र एन्टिजेनमार्फत २५५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ४७, महाकाली अस्पतालमा १६ र एन्टिजेनमार्फत कञ्चनपुरका १२०, कैलालीका ११२, डोटीका ११, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण