बिमा कर्मचारीकाे सुबिधा सम्बाेधन गर्न नेपाल बित्तिय कर्मचारी संघले गर्याे बीमा समितिको ध्यानाकर्षण


काठमाडौं । नेपाल वित्तीय सस्था कर्मचारी संघले संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने कामकारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने कार्य बन्द गर्ने आग्रह गरेको छ । संघले आज एक बक्तव्य जारी गर्दै बीमा कम्पनीमा कार्यरत कर्मचारीको सेवा सुविधा पूर्ण रुपमा सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण गराएको हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई २.५ अर्ब र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पूँजी पु¥याउन निर्देशन दिएको छ । उक्त निर्देशन जारी भए पश्चात धैरै वटा कम्पनीहरुले मर्जरको सहमति पत्रमा हस्ताक्षर गरिसकेको र बीमा समितिले सैद्धान्तिक सहमति समेत दिई सकेको जानकारी विभिन्न पत्रपत्रिका र विद्युतिय संचार माध्यमा आईरहेकोमा संघले गम्भीर ध्यानाकर्षण गराएको छ । बीमकहरुको पूँजीगत आधारलाई मजबुत गरी प्रतिस्पर्धात्मक क्षमताको बिकास गर्ने र बीमा क्षेत्रमा रहेका अनेकन विसंगतिहरुलाई न्यूनिकरण गर्ने हेतुले नियामक निकायले बीमा क्षेत्रलाई लक्षित गरी ल्याएको यो मर्जर तथा प्राप्तिको अवधारणा हो बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिले भविष्यमा यस क्षेत्रलाई सबल, सक्षम र व्यवसायिक बनाउला तर यस क्षेत्रमा आफ्नो भविष्य देखेर यसलाई पेशाको रुपमा अघि बढाई रहेको विभिन्न संस्थामा कार्यरत ठूलो जनशक्तिको रोजगारी जोखिममा पर्ने र उनीहरुले आफ्नो पेशा, व्यवसाय र रोजगारीबाट अलग हुनुपर्ने अवस्था आउला सक्ने संघले भनाइ रहेको छ । कम्पनीका अचल सम्पत्ति, लगानीकर्ताको लगानी तथा लामो समयसम्मका लागि भनी कम्पनीले बहन गरेको बीमितहरुको जोखिम सबैको लेखा जोखा भई रहँदा कम्पनीको बिकास र बिस्तारमा दिन रात नभनी परिचालित हुने चलायमान मानवीय सम्पत्ति अर्थात कर्मचारीहरुको व्यवस्थापनको सम्बन्धमा नियमनकारी निकाय, लगानीकर्ता र कम्पनीको उच्च व्यवस्थापनले यस बारेमा जारी गरेको निर्देशनले यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायतका विषयहरुमा अझै पनि पूर्ण रुपमा सम्बोधन नगरेको प्रति संघको गम्भीर ध्यानाकषर्ण जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *