सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जरमा जाने सहमति, आजै सम्झौता पत्रमा हस्ताक्षर हुने


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर हुने भएको छ । दुई कम्पनीले आपसमा गाभिने सम्बन्धी सम्झौता गर्न लागेका हुन् ।

विश्वस्त स्रोतका अनुसार अबको केही घण्टाभित्रैमा दुवै संस्थाका बीचमा मर्जर सम्झौता हुने जनाइएको छ । दुई कम्पनीका बीचमा मर्जर गर्ने सम्बन्धमा केहीदिन देखि लगातार छलफल हुँदै आएको थियो । निकै दिनदेखिको मेहनत आज परिणाम दिने चरणमा पुगेको जनाइएको छ ।

दुई कम्पनी मर्जर भएमा कूल चुक्ता पुँजि चार अर्ब १० करोड पुग्नेछ । हाल सानिमा लाइफको दुई अर्ब र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजि छ ।

बीमा समितिले पुँजि बृद्धिको लागि चर्को दवाव दिएका कारण यतिबेला बीमा क्षेत्रमा आतंक नै मच्चिएको छ । स्वतः स्फूर्त नभई यही आतंकको पछिल्लो समय बीमा कम्पनीहरु धमाधम मर्जरमा जाने तयारी भइरहेको छ ।@beemapost बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *