सन लाइफ इन्स्योरेन्स धनगढी शाखाले गर्याे बीमा दाबी रकम भुक्तानी


धनगढी ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको छ।    कम्पनीको धनगढी शाखाले बीमित धिरज चौधरीका प्रस्तावक स्व हस्तेकुमार चौधरीको गत वर्ष चैत ५ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। प्रस्तावक हस्तेकुमार चौधरीले धिरजका नाममा बाल समृद्ध जीवन बीमा (१५ वर्षे अवधि)को खोलेका थिए। उनले ४ वार्षिक बीमाशुल्कबापतको ५४ हजार २१२ भुक्तानी गरी बीमांक रु. २ लाखको जीवन बीमा गराएका थिए। अाज एक कार्यक्रम का बिच चेक  धनगढी शाखा प्रमुख लक्ष्मी कान्त जैशीले निजकाे संरक्षक सीता चाैधरीलाई हस्तान्तरण गर्नु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *