बिमा रकमका लागि बन्दको माैका छाेपी आफ्नै टिपरमा आगजनी


काठमाडाैँ । दाङमा बिमा रकमका लागि एकजना टिपर धनीले आफ्नै टिपरमा आगजनी गरेकाे खुलेकाे छ ।

विप्लव समूहले गरेकाे नेपाल बन्दकाे माैका पारेर घोराही उपमहानगरपालिका वडा नं १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको खुलेकाे हाे ।

आगजनीकाे घटना शंकास्पद देखिएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको बयानका आधारमा टिपरधनी भण्डारी पनि पक्राउ परेका छन् ।

घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो।

मर्मत खर्च धेरै आउन थालेपछि साहु भण्डारीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *