समाज/अपराध

बैतडीका युवा नेता सन्तोष जोशीद्धारा डिलाशैनीको अध्यक्षमा उम्मेदवारी घोषणा

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले अध्यक्ष पदका लागि उहाँको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गर्नुभएको हो । आज (चैत २७ गते) धामीगाउँमा आमसभाको आयोजना गरेर गाउँपालिका अध्यक्ष पदमा जोशीले उम्मेद्वारी घोषणा गर्नुभएको हो । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष समेत रहनुभएका नेता जोशीले पार्टी भन्दा माथि

बिरामीको मृत्युु पछि पद्मा अस्पतालमा तोडफोड ,सेवा सुचारु, मृतकका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिईयो

धनगढी। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि तोडफोड गरिएको अस्पतालको उपचार सेवा सुचारु गरिएको छकैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको थियो । बोहराको मृत्यु भएपछि आफन्त र स्थानीयले अस्पताल भवन, एम्बुलेन्ससहित ३ ओटा गाडी, ल्याबका मेशिन, आइसियू मोनेटर तथा उपकरण लगायत अस्पताल भित्र समेत तोडफोड गरेको अस्पतालका प्रमुख डाक्टर नरबहादुर मौनीले बताए । शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी

अछाममा बलात्कारको झुटा आरोप लगाउने युवतीलाई ३ बर्ष ६ महिना जेल

अछाम:अछाममा बलात्कारको झुठ्ठा आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत अछामले ३ बर्ष ६ महिना जेल सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालत अछामका न्यायाधिश नविन कुमार जोशीले बलात्कारको झुठ्ठा कमलबजार नगरपालीकाकी १९ बर्षीय युवतीलाई ३ बर्ष ६ महिना जेल सजाय सुनाएको हो । ति किशोरीले रामारोशन गाउँपालीका ४ बाटुलासैनका २० बर्षीय नन्दराम खनालाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्धा दायर गरेकी थिईन ।किशोरीले आरोपित खनालाई आफ्नै

पल शाहले गरे प्रहरीसामु आत्मसमर्पण

काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका छन् । शाह अहिले प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी

बैतडीका डम्बर हत्या प्रकरण : दुई शिक्षक पक्राउ

बैतडी, बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ ।” पक्राउ परेका दुवैजना

पैँतिस लाख ६८ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले रु ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौँ स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ

दुई महीनामै पैसा दोब्बर हुने भन्दै ठगी गर्ने तीन जना पक्राउ

दाङ, दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई  पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो। ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो। तीनै जना होटेल सञ्चालक भए पनि

उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

डोटी, कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो । घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको वस्तुनिष्ट प्रमाण नभएको र त्यसलाई पुष्टि गर्ने आधार पनि नभएको भन्दै विसं २०७७ असार

बाइस किलोग्राम चरेश बरामद

महेन्द्रनगर, कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ । “ चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ”, उहाँले भन्नुभयो,“ अनुसन्धानबाट सबै कुरा बाहिर आउछ

विदेशबाट फर्किएकै दिन विमानस्थलमै विद्युतीय अपराध कसुरमा पक्राउ

काठमाडौँ, विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । उनले म्यासेन्जरमा कुराकानी गरी ललाई फकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्वीर र भिडियो प्राप्त गरी निज महिलाका आफन्तलाई