समाज/अपराध

धनगढी उपमहानगरका मेयरका स्वतन्त्र उम्मेदवार हमालकाे चुनाव  चिह्न ‘आँप’

धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन्। शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो। स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए।  ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानको मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र

बझाङको केदारस्यु गाउपालिकामा भण्डारीले  दिए स्वतन्त्र उम्मेद्बारी

धनगढी ।बझाङको केदारस्यु गाउपालिकामा नेपाली काङ्ग्रेसका प्रभावसाली नेता तथा पुर्व क्षेत्रीय सभापति गणेश बहादुर भण्डारीले गठबन्धन अस्विकार गर्दै स्वतन्त्र उम्मेद्बारी दियकाछन! लामाे समय सम्म काग्रेस मा सकृय भण्डारी ले अाफ्नाे त्याग र निष्ठा लाई गठबन्धनका नाममा नेतृत्वले बेवास्था गरेकाे भन्दै गाउपालिका अध्यक्ष मा स्वतन्त्र उम्मेदवारी दिएकाे जानकारी गराउनु भयाे। उहाँ द्वन्द्व कालमा बिस्थापीत भई  बर्षै देखि काठमाडौंमा  बस्दै अाउनु भएकाे थियाे । उनी काग्रेसका ईमान्दार नेताका रूपमा चिनिन्छन।

महाकाली नगरपालिकाका मेयर भट्टद्धारा राजिनामा, पुनः मेयरमा लड्ने

दार्चुला :   महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले पदबाट राजिनामा दिएका छन् । उनले आइतवार पत्रकार सम्मेलन गर्दै नगर उपप्रमुख सुना बोहरा समक्ष राजिनामा बुझाएका हुन् । भट्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा  नेपाली काँग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजिनामा दिनुपर्ने प्रावधान अनुसार मेयर भट्टले राजिनामा दिनुभएको हो ।राजिनामा बुझाउँदै उहाँले पुनः महाकाली नगरपालिका प्रमु्खको उम्मेदवार रहेकाले सम्पूर्ण मतदातालाई नगरको विकासको निरन्तरताका लागि

एमालेबाट काठमाडौंका मेयरमा केशव स्थापित, उपमेयर सुनिता डंगोल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले काठमाडौँ महानगरपालिकामा केशव स्थापितलाई मेयर उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । त्यस्तै, उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनी पूर्व मिस नेवा हुन्।

वीरेन्द्रनगरको मेयरका लागि आमा काँग्रेसबाट सिफारिस, छोरो स्वतन्त्र उम्मेदवार !

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरको उम्मेदवार बन्नका लागि अहिले रस्साकस्सी चलिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पनि मेयरमा उम्मेदवारी दिनेहरूको सूची लामो छ । त्यस मध्येका एक हुन् वीरेन्द्रनगरका अनिल ढकाल । युवाहरूबीच निकै लोकप्रिय उनी सामाजिक कार्यमा अग्रसर युवा हुन । उनले दुई महिना अघि नै स्वतन्त्र उम्मेदवारी उठ्ने घोषणा गरिसकेका छन् । यसका लागि उनले आवश्यक तयारी पनि थालेका छन् । तर ढकालकी आमा नेपाली

दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चैसिर सिफारिस

दार्चुला ।महाकाली  नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चौसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चौसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चौसिरको नाम सुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । २०३८ साल माघ ४ गते महाकाली नगरपालिका वडा नं. ९ दत्तुमा जन्मिएका चौसिर लामो समयदेखि नेकपा एमालेमा आवद्ध हुनुहुन्छ । उहाँ नेपका एमाले महाकाली नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ । अंग्रेजी

पति एकीकृत समाजवादीबाट मन्त्री, पत्नी एमालेबाट काठमाडौंको मेयरमा सिफारिस

काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छन्। एमाले महानगरले ५ जनाको नाम सिफारिस गरेकोमा जिल्लाले कमिटीको बैठकले मेयरमा तीनजनाको नाम सिफारिस गरेको हो । मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित र इन्दिरा पन्तको नाम जिल्ला कमिटीले सिफारिस गरेको हो । महानगरमा नयाँ अनुहारका रुपमा पन्तको नाम सिफारिस भएको छ । पन्त भने एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । पन्त प्रदेशमन्त्री वसन्त मानन्धरकी श्रीमती पनि हुन्। उनका श्रीमान

गठबन्धनमा सहमती : धनगढीको मेयरमा काँग्रेस उपमेयरमा माओबादीले उम्मेदवारी दिने

धनगढी । पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलाएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार सहमतिपछि अब त्यसलाई लिखित रूप दिने तयारी भइरहेको छ। ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा ९एकीकृत समाजवादी० ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र

दार्चुला काङ्ग्रेसका युवा नेता हंशराज भट्ट पुन: मेयर पदका लागि सर्वसम्मत चयन

धनगढी  । यही वैशाख ३० को स्थानीय निकायको चुनावको लागि दार्चुला जिल्लाको महाकाली नगरपालिकाको मेयर पदका लागि नेपाली काग्रेसबाट बहालवाला नगर प्रमुख हंश राज भट्ट  चयन भएका छन् । नेपाली कांग्रेसले महाकाली नगरपालिकाको मेयर पदमा भट्टलाई पून: सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । आफ्नो मेयरको पाँच वर्षे कार्यकालमा कुनै पनि विवादमा नमुछिएका मेयर भट्टलाई कांग्रेसले लोकप्रियताका आधारमा चयन गरेको हो । जिल्लाका अन्य स्थानीय निकायका प्रमुखहरु कुनै नै कुनै

बैतडीका युवा नेता सन्तोष जोशीद्धारा डिलाशैनीको अध्यक्षमा उम्मेदवारी घोषणा

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले अध्यक्ष पदका लागि उहाँको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गर्नुभएको हो । आज (चैत २७ गते) धामीगाउँमा आमसभाको आयोजना गरेर गाउँपालिका अध्यक्ष पदमा जोशीले उम्मेद्वारी घोषणा गर्नुभएको हो । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष समेत रहनुभएका नेता जोशीले पार्टी भन्दा माथि