एमालेकाे विजय जुलुसमा प्रयाेग भएकाे गाडी दुर्घटना ,३ जनाकाे मृत्यु


दार्चुला  । शैल्यशिखर नगरपालिकामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्।

नेकपा एमालेका कार्यकर्ताहरुलाई विजय जुलुसमा गोकुलेश्वर लग्नका लागि पनेबाँज आउँदै गरेको हाइस सडकबाट करिब १ हजार मिटर तल भिरमा खसेको र थप बिवरण आउन भने बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *