समाचार

बोर्ड र नेमप्लेट राख्ने विषयमा 'ओलीु' र 'माधव' समूहबीच झडप

काठमाडौँ, कैलालीमा ओली र नेपाल समूहबीच झडप भएको छ। प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्जको नेम प्लेट राख्ने विषयमा विवाद हुँदा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका कार्यकर्ता बीच कुटाकुट भएको हो । पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखिएपछि माधव नेपाल समूहका कार्यकर्ताहरूले ‘नेम प्लेट’ तोडफोड गरे। उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए। यस क्रममा ओली समूह र नेपाल समूहका

हुलाकी राजमार्गमा क्रोनिक ठेक्का तोडिँदै

काठमाडौँ,  हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि निर्माण अवरुद्ध भएका पुलको ठेक्का तोड्न थालिएको छ । निर्माण शुरु भएको १० वर्षसम्म सम्पन्न नभएका पाँच पुलमध्ये तीनको ठेक्का तोडिसकिएको छ भने दुई पुलको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ । आयोजनाको सबैभन्दा ठूलो चुनौतीका रुपमा पुलको क्रोनिक ठेक्का रहेको थियो । एक दशक पहिले निर्माण शुरु भए पनि अघि नबढेका पुलको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान लागिएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ

अमेरिकी राष्ट्रपति अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लाग्नु भएको छ । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ । भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रुपमा लिइएको छ । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार

'माधव पक्ष एमालेमा फर्किए सम्मानजनक व्यवहार गरिन्छ'

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी एमालेका ओली पक्षीय नेता सुवास नेम्वाङले माधवकुमार नेपाल समूहलाई पार्टीभित्र राम्रो व्यवहार गरिने बताएका छन्। आज संसद बैठकपछि बाहिरने क्रममा ‘माधव नेपाल–झलनाथ खनाललाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै नेम्वाङले भने, ‘उहाँहरुलाई सम्मानजनक ढंगबाट व्यवहार हुन्छ।’ उनले सर्वोच्च अदालतको आदेशलाई आफूहरूले मान्ने पनि बताएका छन्। नेता नेम्वाङले भने, हामी कानूनी राज्यको अवधारणालाई मान्छौँ। त्यसबारेमा कुनै पनि ‘इफ’ ‘बट’ छैन। सम्मानित सर्वोच्च अदालतले गरेको जुन

सुनको मूल्य बढ्यो, आजको बजारमूल्य कति ?

काठमाडौँ,  नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। मंगलबार ६ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार पुनः बढेको हा। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको बजारमूल्य प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकिएको छ। त्यस्तै तेजावी सुनको मूल्य ८५ हजार ७५० रुपैयाँ पुगेको छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला १२

पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापालाई एमालेको उपाध्यक्ष बनाउने ओलीको तयारी

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफूलाई साथ दिएका गृहमन्त्री तथा पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’लाई उपध्यक्ष बनाउने भएका छन्। खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाका अनुसार बादल एमालेको उपाध्यक्ष बन्ने भएका हुन्। यससँगै तत्कालीन नेकपा एमालेमा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीको भूमिकामाथि प्रश्न चिह्न उठेको छ।संकटका बेला ओलीलाई साथ

सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

जुम्ला, नेपाली सैनिक दिवस तथा महाशिवरात्रिका पूर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाको आयोजनामा दौड प्रतियोगिता गरिएको हो । दुई चरणमा सञ्चालन गरिएको प्रतियोगितामा ४० वर्ष माथिकालाई पाँच किलोमिटर र ४० वर्ष मुनिकालाई नौ किलोमिटर दूरीमा दौडाइएकोे थियो । चालीस वर्षमाथिका पाँच किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्रबहादुर मल्ल, द्वितीय हरि रोकाया र तृतीय

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उहाँले पृथकतावादी सोचलाई समेत टुङ्ग्याइएको बताउनुभयो । “हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो,

भागरथी हत्या प्रकरणका आरोपित दिनेशलाई सुधारगृह पठाउन आदेश

बैतडी,  किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो । दिनेशलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो । अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले

डा. निलम तिम्सिना बनिन नेपालको पहिलो महिला डेपुटी गभर्नर

काठमाडौं, डा. निलम ढुंगाना तिम्सिना नेपालको पहिलो महिला डेपुटी गभर्नर बनेकी छन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको हो । यससँगै उनी नेपालको पहिलो डेपुटी गभर्नर बनेकी हुन् । राष्ट्र बैंकमा हालसम्म कोही पनि महिला डेपुटी गभर्नर भएका थिएनन् । राष्ट्र बैंकको डेपुटी गभर्नर बन्दै डा. तिम्सिनाले नेपाली बैंकिङ इतिहासमा आफ्नो नाम लेखाउन सफल भएकी छन् । व्यवस्थापन तथा वित्त क्षेत्रमा दख्खल राख्ने