समाचार

माओवादी केन्द्रका मन्त्रीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

काठमाडौँ, नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, खानेपानी तथा सरसफाई मन्त्री मणि थापासहित मन्त्रीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ। आज पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो। यस्तै, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीसमेत सरकारमा रहेका छन्। बैठकले २४ घण्टाभित्र उनीहरू सबैलाई आफ्नो स्पष्टीकरणसहित पदबाट राजीनामा दिन निर्देशन दिएको हो। सवोच्च अदालतको फैसलाले पूर्व एमाले र

दुर्घटनामा तीनको मृत्यु

मकवानपुर, झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक

साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी

सिमकोट, हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक जानकारी दिएको छ । सिमकोट तल्लो बजारमा रहेको सो विद्यालयमा ट्राफिक प्रहरीको टोलीले उक्त विद्यालयका शिक्षिका हीरा बोहराको सहायतामा साङ्केतिक भाषाको माध्यमले २२ विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण गराएको ट्राफिक सहायक प्रहरी निरीक्षक लोकबहादुर

विश्वभर ९ करोड ६२ लाख संक्रमित कोरोनामुक्त, २६ लाख ५० हजारको मृत्यु

काठमाडौं, विश्वभरमा नौं करोड ६२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शनिबार बिहानसम्ममा नौं करोड ६२ लाख ४३ हजार नौं सय २१ जना संक्रमित कोरोनामुक्त भएका हुन्। हालसम्म विश्वमा ११ करोड ९५ लाख ९३ हजार सात सय ९६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २६ लाख ५० हजार सात सय २६ जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा दुई करोड ६ लाख ९९ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

मास्क लगाउन अनुरोध गर्दा चालकमाथि दुर्व्यवहार गर्ने युवतीमाथि कारबाही

काठमाडौँ, अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छन्। सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी युवती पक्राउ परेकी हुन्। प्रहरीका अनुसार उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गरेका थिए। यो दुर्व्यवहारबारे सार्वजनिक भएको भिडियोमा महिलाले मास्क लगाउन आग्रह गरेको भन्दै खड्काको मुखमा आएर पटकपटक खोकेकी थिइन्। साथै, उनले चालक खड्काको मोबाइल

फोन गर्न रूखका टुप्पामा जान बाध्य छन् हुम्लाका सर्वसाधारण

काठमाडौँ, हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन। गाउँमा टेलिफोनले काम नगर्दा गाउँबाट करिब दुई घण्टाको पैदलको बाटो हिँडेर यहाँका नागरिक फोन सम्पर्कमा जोडिने गरेका छन्। दैनिक दुई घण्टाको पैदल हिँडेर डाँडामाथि रुखमा चढेर फोन गर्न बाध्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए। भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा एकमात्र नेपाल टेलिकमको टावर मेल्छाम–५ मासीधारमा ०६६।०६७ सालमा बनेको

केन्यामा फेरि दुई महिना कर्फ्यु घोषणा

नैरोबी, केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गर्नु भएको समाचारमा जनाइएको छ । रातिको समयका लागि मात्रै लगाइएको कर्फ्युको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यु देशव्यापी हुने अधिकारीहरुले जनाएका छन् । केन्यामा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि कर्फ्यु लगाइएको राष्ट्रपति केन्याटाले बताउनुभएको छ । केन्यामा अब तेस्रो चरणको

निजी क्षेत्र राष्ट्रको मेरुदण्ड : गभर्नर अधिकारी

काठमाडौँ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्र राष्ट्रको मेरुदण्ड रहेको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको ४८औँ वार्षिक साधारणसभा उद्घाटनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गभर्नर अधिकारीले युवा उद्यमीहरुले मुलुकको भ्रष्टाचार न्यूनीकरणमा सहयोग पु¥याउनु पर्नेमा जोड दिनुभयो । रोजगारी सिर्जना र आर्थिक समृद्धि कायम गर्न उद्योग सञ्चालन गर्न दिएको ऋण आयात व्यापारमा खर्च नगर्न सबैसँग उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले निजी क्षेत्रको सहयोगबाट राष्ट्रको

अध्यक्षले विधान मिच्नुभयो : रावल

काठमाडौँ, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गर्नुभएको भन्दै आपत्ति जनाउनुभयो । सो

एमालेमा बबण्डरःखनाल, नेपाल समूहले बोलायो आकस्मिक बैठक

काठमाडौँ, एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई थाहै नदिई गोप्य बैठकबाट पदाधिकारी हटाएको भन्दै खनाल, नेपाल समूहले आकस्मिक बैठक बोलाएको छ। बानेश्वरस्थित एक होटेलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरू हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल, नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो। काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूलाई तत्कालीन परिस्थितिका बारेमा छलफल गर्न भन्दै बोलाइएको हो।