समाचार

झुटा कुरा गरेर मेलमिलाप हुँदैन : नेता जोशी

काठमाडौँ, नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा निर्मित बिपी विचार समाजको भवन आज उद्घाटन गर्दै नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने स्पष्ट गर्नुभयो । “नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको के राय छ भनी बुझेर टिकट दिनुपर्छ”, अर्को प्रसङ्गमा पूर्वमन्त्री जोशीले भन्नुभयो, “त्यसो नगरी आफूले मनपरी गर्ने हो भने अहिलेका कार्यकर्ताले

नेकपा एमाले विभाजनतर्फ उन्मुख

काठमाडौं, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिच्याइँ गर्दै अघि बढेपछि सत्तारूढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ। ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहले पनि समानान्तर गतिविधि सुरु गरेको छ। सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रूपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कोरिएको हो। प्रधानमन्त्री ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला गररे पार्टीको विधानविपरीत खनाल–नेपाल समूहका नेताहरूको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका

जसपा कसैको पुच्छर बनेर सरकारमा जाँदैन : नेता भट्टराई

काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जसपा अरूको पछि लागेर सरकारमा नजाने बताएका छन्। पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेको अवस्थामा आएको उनको यो भनाइलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। राति अबेर समाजिक सञ्जालमार्फत उनले जसपा कसैको पुच्छर नबन्ने बताएका हुन्। सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरू आफै देशको नेतृत्व गर्ने बताएका

सिराहा मालपोत कार्यालयमा बम विस्फोट– पाँच घाइते, एकजना गम्भीर

काठमाडौँ, जिल्ला मालपोत कार्यालय सिराहामा बम विस्फोट भएको छ। मालपोत कार्यालयको प्रांगणमा बम विस्फोट भएको हो। विस्फोटमा परी ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ। लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो। कसले विस्फोट गराएको हो भन्ने खुलेको छैन।

चौलानी नदीमा युवक मृत फेला

बैतडी, चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिनुभयो । “रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन”, उहाँले भन्नुभयो, “नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ ।” गत शुक्रबार शिवरात्रि मेला हेर्न

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ । मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म

तोलामा ४०० ले बढ्यो सुनको मूल्य, आजको मूल्य कति ?

काठमाडौँ, स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा

बस व्यवसायीको चुनावमा एमाले-माओवादी गठबनधनको जित

काठमाडौँ, शनिबार बुटवलमा भएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को प्रथम अधिवेशनबाट एमाले-माओवादी गठबनधनको प्यानलले बहुमत प्राप्त गरेको छ। बुटवलको यस संस्था देशकै ठूलो बस व्यवसायी संस्था हो। जम्मा ११ सदस्यीय सञ्चालक समितिको लागि शनिबार भएको चुनावमा एमाले-माओवादी प्यानलबाट ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जनाले जित हात पारेका हुन्। एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरू दधिराम खरेलको नेतृत्वमा र नेपाली कांग्रेस निकटका व्यवसायीहरू पदम गाहाको नेतृत्वमा

अवैध हतियारसहित एक पक्राउ

राँझा, जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बारबोर बन्दुक र

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताउनुभयो । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गर्नुभयो ।