अवैध हतियारसहित एक पक्राउ
राँझा, जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बारबोर बन्दुक र