समाचार

राष्ट्रपतिको बङ्गलादेश भ्रमणको तयारी पूरा, यी विषयमा हुँदैछन् सम्झौता

काटमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुन लागेको यही चैत ९ र १० गतेको बङ्गलादेशको राजकीय भ्रमणको तयारी पूरा भएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लाग्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए

देउवाको निस्क्रियता, नयाँ सरकार गठन गर्नुपर्ने पौडेल पक्ष

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेताहरूलाई बोहोराटार बोलाएका छन्। नेता पौडेलले आफ्नै निवास बोहोराटारमा दिउँसो १ बजेका लागि नेताहरूको भेला आह्वान गरेका हुन्। महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेताहरूलाई पौडेलले बोलाएका हुन्। पार्टीको १४औं महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफलका लागि भेला आह्वान गरिएको हो। पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली नेतृत्वको

अनौठो रोगले एकैघरका चार दिदीबहिनी बिरामी

काठमाडौँ, अनौठो रोगका कारण यहाँको एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् । नैनकला गत पुसदेखि नै यस्तो

खुशी हुने नागरिकको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो नम्बरमा

काठमाडौँ, संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ। नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो। नेटवर्कले १ सय ४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो। सन् २०२० मा नेपाल ९२औं र २०१९ मा सयौं स्थानमा थियो। सन् २०१९ मा नेपाल भुटान र

मनाङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ, नासों गाउँपालिका–३ मा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। शनिबार राति खोत्रोमा भएको दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको छ भने उपचारका लागि लमजुङ लैजाने क्रममा थप २ जनाको र उपचारको क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका–४, ओडार गाउँका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य

काठमाडौँ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताउनुभयो । उहाँले कांग्रेस पार्टी सभापति शेरबहादुर

के कारणले रहेछन्, फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी

काठमाडौँ, फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ । एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

काठमाडौँ, नेकपा (एमाले) को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिनुभयो । उहाँले संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था गरेको

छाेरीहरूकाे पीडा ‘साथीहरु विद्यालय जान्छन्, मेरो मन पोल्छ’

काठमाडौँ, बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ। तर, छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन्। पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदा हुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन्। टीकापुर नगरपालिका १ विजयनगरकी अन्जुमा चौधरी घर लिप्दै थिइन्। चौध वर्षीय उनको दैनिकी साँझ बिहान घरको काम र दिउँसो इँटाभट्टामा बित्ने गरेको छ। उनी

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भई पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार अझै दुई–तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही