बीमा कम्पनीप्रति आक्रामक बने अध्यक्ष शिलवाल, संस्थागत शुसाशनमा कम्पनी बसेको पाइएन


काठमाडौं । बीमा समितिका अध्यक्ष शुर्यप्रसाद सिलवाल बीमा कम्पनीहरुप्रति आक्रामक बनेका छन । मंगलबार सगरमाथा इन्स्योरेन्स कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई किरा मर्नेगरी गाली गरेका छन ।

समितिको अध्यक्ष बनेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका सिलवालले बीमा कजारमा ज्यादै विकृती रहेको भन्दै यसअघिका व्यावस्थापनको कमजोरी रहेको बताए । उनले अहिलेपनि बीमा कजारमा अण्डरकटिङ ज्यादै रहेको बताए । बीमा समिति र बीमा कम्पनीविच सहमतीमा रेट निर्धारण हुन्छ तर सो रेटभन्दा तल गएर कानुनलाइनै वर्खिलाप हुनेगरी किन काम भैरहेको छ भन्दै उनले कम्पनीहरुलाई संस्थागत शुसाशनमा रहेर काम गर्न निर्देशन दिए
अहिले बीमा बजारमा उधारो बीमा पनि मौलाएको भन्दै अध्यक्ष सिलवालले उधारो बीमाको दावी कसरी भुक्तानी गर्न सकिन्छ रु उनको प्रश्न थियो । बीमाको बजार बढ्न अर्को महत्वपुर्ण पक्ष दावीमा चुस्तता रहेको ठम्याई रहेको छ । बीमा गर्ने दावी चाँही भुत्तानी नगर्ने प्रबृतिले बीमा बजारमा नकारात्मक चर्चा बढेको बताए ।


अध्यक्ष सिलवालले ठुला बीमा सेटिङमा हुने गरेको भन्दै कानुनद्वरा वर्जित बीमा नगराउन निर्देशन दिए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको बजार २३।८ प्रतिसत पुगेको बताए । पौडेलले बीमाको विश्वसनियता दावीमा सरल प्रक्रियानै रहेको बताए ।

 

साभार:बिमा पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *