भीम रावलले ‘गायब पारेको’ ३० लाख रकम व्यक्तिगत खातामा रकमान्तर गरेको पाइयो


धनगढी : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खाताबाट गायब पारिएको ३० लाख रकम व्यक्तिगत खातामा रकमान्तर गरिएको खुलेको छ । पार्टीमा विवाद उत्पन्न भएपछि सुदूरपश्चिम इन्चार्ज रहेका भीम रावलले पुस १३ गते पार्टीको खातामा रहेको ३० लाख रकम पार्टीका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गर्न लगाएको खुलेको हो । ३० लाख रकम गायब पारिएको भन्दै पार्टीका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले कृषि विकास बैङ्कलाई पत्र पठाउँदै खातामा रहेको रकमबारे लिखित जवाफ मागेका थिए । सोही पत्रका आधारमा बैङ्कले चैत्र २९ गते पत्र पठाउँदै पार्टीको खाताबाट ३० लाख रकम सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गरिएको जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *