जसपाले  आफ्नौ नेतृत्वको सरकारमा कसलाइ बनाउदै छ नयाँ प्रधानमन्त्री


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) मा आफ्नै नेतृत्वमा सरकार बनाउन आन्तरिक सममति जुटाएको छ। राजधानी काठमाडौँमा आयोजित दुई दिनसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो। तर, डा। बाबुराम भट्टराई वा महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लाग्न बाँकी रहेको छ।

पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक नयाँ वर्षका कारण केही दिनका लागि स्थगित भएको छ। दुई दिनसम्म चलेको बैठकमा सत्ता समीकरणका विषयमा छलफल भएको थियो।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष भट्टराई एवं वरिष्ठ नेताहरूबीच आफ्नै मत भए पनि अन्ततः आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा भने सहमति जुटेको हो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको माग पूरा गर्ने प्रकृया सुरु गरिसकेकाले कुनै क्रियाकलाप नगर्ने भनी अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले तर्क राखेका थिए। तर, ओलीको बहिर्गमन जसपाकै पहलमा गर्नु पर्ने अध्यक्ष यादव र संघीय परिषद्का अध्यक्ष भट्टराईले राखेका थिए।

नयाँ वर्ष मनाएपछि पुनः बैठक बसेर आफ्नै नेतृत्वमा सरकार बनाउनेबारे टुंगो लगाउने सहमित भएको स्रोतले जानकारी दिए।

पार्टीमा पाँच जना पदाधिकारीमा संघीय परिषदका अध्यक्षमा भट्टराई, अध्यक्षहरूमा ठाकुर र यादव, वरिष्ठ नेताहरू महतो र राई रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *