रौतहटको देवाही गोनाहीमा बालिका डुबेर मृत्यु
रौतहटको देवाही गोनाही नगरपालिकामा पछिल्लो ३ दिनभित्र ३ बालिकाको डुबेर ज्यान गएको छ। पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको २४ घन्टा नबित्दै फेरि अर्की बालिकाको डुबेर मृत्यु भएको हो । देवाही गोनाही नगरपालिका वडा नं.६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी ज्योति कुमारी साहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँ नजिकै रहेको नहरमा जमिएको पानीमा डुबेर बालिका साहको मृत्यु भएको हो । ईलाका










