समाचार

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए भने अर्का चाहिँ दुलहीको परिवारले खोजेका केटा थिए । ककलापुर गाउँमा दुलहीको घरमा जन्ती पुगेको थियो । दुलहीको परिवारले जन्तीको स्वागत गरेको थियो । केही समयपछि दुलहीका प्रेमी पनि जन्ती लिएर पुगे । प्रेमीलाई देखेर दुलही खुशी भइन् तर अन्य मानिस चाहिँ हतप्रभ भए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधानअनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए । प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् । कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए । नेकपा

कैलालीमा जेठ ३१ गते सम्म लम्बियो निषेधाज्ञा

कैलालीमा जेठ ३१ गते निषेधाज्ञा लम्बिएको छ । कोरोना महामारी यथावत् रहेकाले निषेधाज्ञाको अवधि बढाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । आइतबार मङ्गलवार बिहीबार शनिवार मात्र बिहान ६ देखि १० बजेसम्म खाद्यान्न तरकारी डेरी मासु पसल खोल्न पाउने व्यवस्था मिलाइएको उनले बताए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को सिफारिसमा प्रशासन कार्यालयले निषेधाज्ञा बढाइको हो । कैलालीमा निषेधाज्ञा थपिएको यो ६ औँ पटक हो। यसअघि

सुदूरपश्चिम सरकार पुनर्गठन, दार्चुलाका धामी वन मन्त्री

दार्चुला – सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् । पुर्नगठनसँगै दार्चुला प्रदेश सभा ख बाट निर्वाचित मानबहादुर धामीले उद्योग वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । यस्तै प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी चयन भएका छन् । त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर

थप ६७१४ जनामा कोरोना सङ्क्रमण, १४५ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने १४५ जनाले ज्यान गुमाएका छन् । मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने १६९ जनाको मृत्यु भएको थियो । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।

२५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ सन्तान

एजेन्सी / मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सातवटा भ्रुण हुर्किरहेको भन्ने जानकारी दिएका थिए । मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ । सिसेको गर्भावस्थाले अप्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आकृष्ट गरेको थियो । जब मार्च महिनामा डाक्टरले सिसेलाई

एमालेले लियो सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।  

धनगढीको संगम सहकारी संस्थाले मेयर कल्याणकारी कोषलाई गर्यो ७५ हजार सहयोग

धनगढी: धनगढी उप महानगरपालिका र चौधरी फाउण्डेसनको साझेदारिमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा धनगढी स्थित संगम सहकारी संस्थाले ७५ हजार रकम सहयोग गरेको छ । आइतबार संस्थाका अध्यक्ष नरेश बिष्ट र प्रबन्धक मनमोहन बिष्टले संयुक्त रुपमा उप महानगरपालिकाका मेयर नृप बहादूर वडलाई संस्थाका तर्फबाट ७५ हजार को चेक उपलब्ध गरेका हुन् । कोभिड १९ को महामारीले सबैलाई संकट परेका बेला धनगढी उप महानगरपालिकाले अक्सिजन अभावमा

महाकाली नदीमा फसेका १० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापुमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए । यहाँको श्री दल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापुमा बसेका तिनीहरूको सकुशल उद्धार गरेको हो । त्यसैगरी महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माणाधीन पहुँच मार्ग ९६ लेनको सडक०