बाढी पहिरो प्रभावित क्षेत्र दुहुँको कानुन मन्त्री बडूद्वारा स्थलगत अनुगमन


दार्चुला : कानून, न्याय तथा संसदिय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले बाढी प्रभावित क्षेत्र दुहुँको स्थलगत अवलोकन गर्नुभएको छ । बिहीवार मन्त्री बडूले दुहुँ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका नरोली, बत्थोली, गरमोरा लगायत क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । गत भदौ १३ गते आएको बाढी तथा पहिरोले दुहुँमा ठूलो जनधनको क्षति गरेको थियो । क्षतिकै आधारमा सरकारले गत मंसिर महिनामा दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र समेत घोषणा गरेको छ ।

बाढी पहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न पहल थालिएको मन्त्री बडूले बताए । साथै उनले घर जमिन पूर्ण रुपमा क्षति भएका परिवारलाई जमिन किन्नको लागि ३ लाख र घर निर्माण गर्नका लागि ५ लाख रुपैयाँ दिइने जनाए ।

मन्त्री बडूले यसै आर्थिक वर्षभित्र सबै पीडितहरुको समस्या समाधान हुने बताए । त्यस्तै बाढी प्रभावित क्षेत्रको अवलोकन पश्चात् वडा नम्बर ४ धारीमा कार्यकर्ता भेटघाट गरिएको छ । भेटघाट कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रबाट करिब ५ दर्जन कार्यकर्ता काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *