कोरोना महामारीबाट बच्न बीमकलाई बीमा समितिको पाँच बुँदे निर्देशन


काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा निर्देशन दिएको हो ।

समितिले कम्पनीहरुले कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहकहरुमा कोभिड संक्रमण जोखिमलाई कम गर्न भौतिक दुरी कायम गरी कार्य गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ।
त्यस्तै, कार्यालयमा उपस्थित कर्मचारी तथा सेवाग्राहीहरुलाई आवश्यक मास्क तथा सेनिटाइजरको व्यवस्था गर्ने र सञ्चालन गरिने कुनै पनि कार्यक्रममा बढिमा २५ जनासम्म मात्र उपस्थित हुने गरी भौतिक दुरी कायम राखेर सञ्चालन गर्न समितिले निर्देशन दिएको छ ।

त्यसैगरी, तालिम तथा गोष्ठी जस्ता कार्यक्रमहरु सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गराउन र कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेका कर्मचारीहरुलाई अनिवार्य रुपमा खोप लगाउने व्यवस्था मिलाउन समितिले ४१ वटै कम्पनीलाई निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *