समाचार

धनगढीमा वडा कार्यालय सिल

धनगढी । धनगढी उप–महानगरपालिकाको वडा कार्यालय सिल गरिएको छ। वडा नम्वर १४ को कार्यालयमा कार्यारत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो। असोज ३ गतेसम्मका लागि कार्यालय सिल गरिएको वडा अध्यक्ष रामबजारी चौधरीले जानकारी दिए। उनले ३ गतेसम्म कार्यालयबाट कुनै पनि सेवा प्रवाह नहुने जानकारी दिए। उनका अनुसार शुक्रबार पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमुना संकलन गरिएकोमा ती कर्मचारीमा सोमवार संक्रमण पुष्टि भएको हो।

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

काठमाडौँ । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताउनुभयो । उहाँका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा

किसान आन्दोलन : चियाको न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता

इलाम । हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने छ तर कोरोनाको बहाना बनाउँदै अधिकांश चिया उद्योगीले ४० रुपैयाँ दिइरहेका छैनन् । उद्योगीसँग समन्वय गरेर नगरपालिकाले कार्यविधिमा तोकिएबमोजिमको चियाको मूल्य दिनुपर्ने

जीवन बीमामा बोनस निर्धारण गर्ने एक्चुरी भ्यालुएसन के हो ?

काठमाडौँ । नेपाली जीवन बीमा क्षेत्रमा सर्वाधिक चर्चा हुने अथवा सुनिने शब्द हो ‘एक्चुरी’ । एक्चुरीले मुख्यतया जीवन बीमामा प्रिमियम निर्धारण र सोको दायित्वको मूल्यांकन सम्बन्धी कार्य गर्दछन् । यसरी, समयमा जीवन बीमा कम्पनीको दायित्वको मूल्यांकन ९एक्चुरियल भ्यालुएसन० विगतका धेरै वर्षदेखि हुन सकेको छैन । जसका कारण कम्पनीले वार्षिक साधारणसभा नै समयमा गर्न सकेका छैनन । यो जीवन बीमा कम्पनीको एक्चुरियल भ्यालुएसन रिपोर्ट बीमा समितिले नै अस्वीकृत गर्यो वा पुनः

सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन भोलिदेखि

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताएका छन् । उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन् । परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न

प्याजमा कालोबजारी सुरु

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् । सोमबारसम्म निरन्तर भारतबाट आइरहेको प्याज मंगलबार एक दिन मात्र नआउँदा व्यापारीले प्याजमा उपभोक्ताबाट मनपरी मूल्य लिई कालोबजारी गर्न थालेका छन् । सोमबार मात्र खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा सहज रुपमा पाइने प्याज रातारात मूल्य बढाएर प्रतिकेजी ९० देखि १ सय रुपैयाँ लिन थालेका छन् । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले

उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस

काठमाडौं । काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस भएको छ । आज विहान पाँच बजेर २० मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले रातोपाटीलाई बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।

दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले दोस्रो विश्व ज्ञान सम्मेलन आगामी असोज २३ –२५ गतेसम्म आयोजना गर्ने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार सो भर्चुअल सम्मेलनमा संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विश्व खाद्य सङ्गठन, श्रम सङ्गठनलगायत इसिमोड, एशियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि

ओलम्पियन नयना दम्पतीलाई कोरोना

काठमाडौँ । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । शाक्यसँगै उहाँका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो । पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताउनुभयो । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले

एकै दिन पाँच वर्षयताकै धेरै पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राति सानाठूला गरी ४८ पहिरो खसेका हुन् । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन । खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् । सो सडकको जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको