जयनगर आईपुग्यो नेपालको रेल, जनकपुर आईपुग्ने केही घण्टा लाग्ने…


जनकपुरधाम । नेपालीहरुको लागि बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ९नेपाल रेल्वे० अहिले नेपाल भारतको सीमामै रहेको जयनगर स्टेशन आईपुगेको छ । भोली शुक्रबार जनकपुर आउने भएको छ । बर्षौदेखि प्रतिक्षारत नेपाल रेल्वे भोली शुक्रबार मध्यान्हसम्म विधिवत रुपमा जनकपुर आउने भएको छ ।

केही बेर अगाडी मात्र जनकपुरदेखि करिब २८ किलोमिटरको दुरीमा रहेको जयनगर आईपुगेको छ भने भोली मध्यान्ह १२ बजेभित्रै जनकपुरसम्म आउने योजना रहेको जनाईएको छ । धनुषाको पूर्वी भेक सहित भारतसँगको व्यापारीक दृष्टिकोणले सुलभ र बहुप्रतिक्षित मानिएको नेपाल रेल्वेको प्रतिक्षामा जनकपुरवासी बसेका छन् ।

शुक्रबार नेपाल रेल्वे जनकपुर आउने भएपछि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराई नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाँग जनकपुरमा स्वागत गर्ने भएको छ ।

धनुषावासीको लागि लाईफलाईनको रुपमा रहेको जनकपुर(जयनगर रेल्वे आएपछि अहिलेदेखि नै स्थानीयहरुमा उत्साह छाएको छ । केही घण्टा अगाडी मात्र बिहारको हाजीपुरको स्टेशनमा स्टैण्डवाय राखिएको रेल्वे केही बेर अगाडी करिब ७ बजे ९नेपाली समय अनुसार० जयनगर आईपुगेको हो । ईन्यूज ब्यूरोबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *