कुलमानको समर्थनमा प्रदर्शन: बब्लुलाई निर्घात कुट्ने प्रहरी अधिकृतमाथि छानविन शुरु


काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि निर्घात कुटपिट भयो । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मुक्काले हानेर झम्टीझम्टी कुटेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भइरल भएको छ ।

कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा रोकेर प्रहरीले बब्बुलाई आमानवीय तरिकाले कुटेका हुन् । बिहीबार बब्लुलाई कुटपिट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *