समाचार

राष्ट्रियसभाको गरिमा बढाउनेछु:   बामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरे । राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने

कोरोनालाई राजनीतिक खेल नबनाइयोस्: डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस लाई राजनीतिक खेल नबनाउन सबैलाई आग्रह गरेको छ । डब्ल्यूएचओका इमर्जेसिजका प्रमुख माइक रयानले सबै मुलुकलाई आफ्ना नागरिकहरुमा सही सन्देश दिन आग्रह गरेका हुन् । विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अधिकारीको बीचमा देखिएको विवादले थप समस्या सृजना गर्न सक्ने रयानको भनाइ छ । यसअघि ट्रम्पले अबको केही सातामा नै कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने

कुलमानलाई देशनिकाला गरौं

काठमाडौँ । एक समय देशमै बसेर यहाँको शिक्षाको बिकासमा योगदान गर्छु भनेर डा श्रीरामभक्त माथेमा कम्बोडियाबाट नेपाल आउनुभयो । केही बर्ष काठमाडौमा बसेर केही शैक्षिक संस्थामा काम पनि गर्नुभयो,अन्तत केही बर्ष अघि उहाँको चित्तदुख्दो अनि निराशाजनक अभिव्यक्ति आयो ” म हारेँ,काम गर्ने कुनै सकारात्मक बाताबरण भएन । म त्यसैले गह्रौ मन लिएर कम्बोडिया फर्कँदैछु ।” अर्को एक प्रसङ्गमा ७४ सालतिर भर्खरै कार्यकारी प्रमुख भएको बेला कुलमान घिसिङसङ्ग उहाँकै कार्यकक्षमा अन्तरबार्ता

पछिल्लो २४ घण्टामा १२४६ जनामा देखियो कोरोना, कुन ठाउँमा कति ?

काठमाडौं । अद्यावधिक विवरण अनुसार बिहिबार नेपालमा अहिलेसम्मकै धेरै १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । बुधबार मात्रै देशभर अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको

व्यक्तिगत आवधिक कर्जामा ब्याजदर बारे राष्ट्र बैंकको यस्तो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थाबमोजिम सोही समयभित्र कार्यान्वयन गर्न भनेको हो। आज जारी गरिएको परिपत्रमा भनिएको छ, ‘असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा

सुशान्तको ह’त्या वा आत्मह’त्या? विसेरा रिपोर्टबाट र’हस्य खुल्दै‘। के हो विसेरा रिपोर्ट  ?

करिब ३ महिनाअघि बलिउड अभिनेता सुशान्त सिंह राजपुत आफ्नो मुम्बईस्थित फ्ल्याटमा झु’न्डिएको अ’वस्थामा भे’टिएका थिए। सुशान्तले झु’ण्डिएर आत्मह’त्या ग’रेको देखिए पनि उनका समर्थकहरू यो मा’न्न तयार भएनन्। सुशान्तका परिवार तथा बलिउडका कैयौं सेलिब्रेटीहरूले सुशान्तको ह’त्या भएको दा’बी गरे। सुशान्तको मृ’त्यु आत्मह’त्या वा ह’त्या के हो, यसको र’हस्य सु’ल्झाउन सिबिआई पुलिसलाई के’स छा’नबिन गर्न दिइयो। सिबिआईले के’ससँग सम्बन्धित अनेक र’हस्यबाट पर्दा पनि उठाउन सफल भयो। केसमा ड्र’ग मा’मिला अगाडि आएपछि आ’रोपी

कोरोना बीमा गर्नेलाइ खुशीको खबर, यस्तो छ सर्वोच्चको आदेश

काठमाडौं । बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ कानुन विपरित रहेको भन्दै सर्वोच्च अदालतमा हालसम्म दुई वटा रिट दर्ता भएको पाइएको छ । सर्वोच्च अदालतबाट आज प्राप्त आदेशमा भाइराजा राई र दावा तामाङले दायर गरेको रिटमा माग गरिए बमोजिमि अन्तरिक आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि असोज ८ गते पेशी तोकिएको आदेशमा जनाइएको छ । कोरोना बीमाबारे सर्वोच्च अदालतमा अर्को रिट समेत दर्ता भएको पाइएको छ । रिट

सबै विद्यालय असोज ७ गतेदेखि खुल्ने, यस्तो आयो बैठकको निर्णय

काठमाडौं । सबै सरकारी तथा निजी विद्यालय असोज ७ गतेदेखि खुल्ने भएका छन् । दोलखाका निजी तथा सामु्दायिक विद्यालयहरुमा असोज ७ गतेदेखि नियमित पढाई सुरु हुने भएको हो । जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षा समिति र जिल्ला संकट व्यवस्थापन समिति सम्मिलित मंगलबार बसेको बैठकले असोज ७ गतेबाट जिल्लाका सम्पूर्ण विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए। दोलखा जिल्लाका सम्पूर्ण

नयाँ बसपार्कमा ‘टिकट बुकिङ’ खुल्ला – सेयर गरौं

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि

लामो दूरीका सार्वजनिक यातायात खुल्ला, यसरी हुँदैछ व्यवस्थापन?

काठमाडौं । करिब ६ महिना लामो बन्दाबन्दी पछि आज असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन खुल्ला भएको छ । गत सोमबारको मन्त्रिपरिषदको निर्णयले पूर्वनिर्धारित मितिमा नै सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेसँगै बिहिबारबाट लामा दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आएको हो । योसँगै आजबाट अन्तर जिल्ला तथा अन्तर प्रदेश भाडाका सवारी साधनहरु सञ्चालनमा आएका छन् । केहि दिनअघि सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि निर्णय गर्दै उपत्यकाका तीन जिल्ला