भुकम्पकाे धक्का महसुस

काठमाडौँ । शनिबार अपरान्ह दोलखालाई केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ। दोलखाको जिरी नजिकै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महुसस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस भूकम्पको धक्का दोलखा, रामेछाप, सिन्धुली, काभ्रेसहितका जिल्लामा महसुस भएको थियो। भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन। यसअघि भदौ ३१ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। जुन २०७२ को गोरखा भूकम्पयताकै शक्तिशालीमध्ये एक थियो।

उपत्यकामा थप २७ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा भने ४४९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । होम

दार्चुलामा समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला  । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द

कर्णालीमा देखिएको विवाद समाधान गर्ने विषयमा ओली र दाहालबीच फेरी विवाद सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारको विवाद समाधान कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका बीचमा विवाद देखिएको छ । कर्णालीको विवाद समाधानका लागि छलफल गर्न कार्यकारी अध्यक्ष दाहाल मंगलबार बिहान बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली प्रदेशको विवाद केन्द्रबाटै समाधान गरिदिन प्रस्ताव गरेका थिए । तर, दाहालले प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षका बीचमा विवाद बढेको हो । प्रदेश सरकार

किन स्थगित गर्‍यो लिखित परीक्षा लोक सेवा आयोगले ?

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा,

असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

धनगढी । धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २०

आफ्नै पार्टीको सरकारको निर्णय विरुद्धमा नेपालद्धारा विज्ञप्ती निकालेर विरोध

काठमाडौ।नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नै पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैमा आपत्ति जनक भएको पनि आरोप पनि उनले लगाएका छन् । बरिष्ठ नेता नेपालले विज्ञप्ति प्रकाशित गर्दै सरकारको गैर जिम्मेवारीपूर्ण निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । कोरोना माहामरीका बेला नागरिकको

डा.बाबुराम भट्टराई बने आजबाट जसपाको एकल अध्यक्ष !

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई जनता समाजवादी पार्टीको एकल अध्यक्षमा डाक्टर बाबुराम भट्टराइ सर्वसम्मत चयन भएका छन् । जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समिति निर्णय अनुसार डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको सर्वसम्मति द्वारा संघिय परिषद अध्यक्षमा चयन हुनुभएको छ । एक केन्द्रीय सदस्यले युगदर्पण पत्रीका लाई बताए । सपाको केन्द्रीय समितिको आकार ८ सय १ हुने र संघीय परिषद् १ हजार २ सय १ हुने तय भएको छ।जसपाको यो

वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

धनगढी। वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि प्रहरी सहायक निरिक्षक (असई )गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए। उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए । अहिले घटना स्थल मुचुल्का बनाउने काम

असइको हत्या गर्ने तस्कर पत्ता लागे

धनगढी । ४ कार्तिक धनगढीको वडा नम्बर १२ नेपाल भारत सिमा क्षेत्र नदीमा मृत भेटिएका असई गोबिन्द बिकको अत्या गर्ने अभियुक्तले अपराध स्वूकार गरेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चाज असई गोविन्द बिकले तस्करी रोक्न खोजेपछि हत्या गरेको अभियुक्तले स्वूकार गरेका हुन् । असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहनामा बगाएको अभियुक्तले प्रहरीसमक्ष बयान दिएका छन् । तस्करी गरेर लगिरहेको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरेको अभियुक्तले स्वीकार