धनगढी १५ मा जोर विजोर प्रणाली बाट शिक्षण सिकाइ गरिने


धनगढी । धनगढी उप महानगरपालिका १५ नं. वडाको वडा शिक्षा समितिको मिति २०७७।७।१६ गते विहान ८ बजे बसेको बैठकको निर्णयले कोरोना भाइरसका कारण गत २०७६।१२।६ गते देखि हाल सम्म विद्यालयहरु संचालन हुन नसकेको र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७।५।१९ गतेको निर्णय अनुसार विद्यार्थी शिकाई सहजिकरण निर्देशिका २०७७ अनुसार बैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्ने गराउने भनिएकोमा यस वडा भित्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि उक्त बैकल्पिक विधि प्रभावकारी नभएकोले विद्यालयमा स्वास्थ्यका मापदण्द अपनाई यही मिति २०७७ । ७ । २० गते बाट जोर विजोर रोल नंम्बरका विद्यार्थीहरुलाई बोलाएर विद्यालयमा पठन पाठन गर्ने निर्णय गरेको छ ।
साथै प्रथम चरणमा यस वडा भित्र ४ वटै विद्यालयलाई नगर स्वास्थ्य केन्द्र वडा न १५ को तर्फबाट प्रति विद्यालय (स्टाप) हरुकालागि १०० पीस मास्क र सेनिटाइजर वितरण गर्ने काम गरिएको बडा अधक्ष्य फुलराम चौधरी ले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *